Comments Add Comment

बिग्रदै विराजको बजार, के दर्शकले पत्याउन छाडेका हुन् त ?

biraj-bhatta-photo

नयाँ नेपाली चलचित्र प्रदर्शन नभइरहेको समयमा यतिबेला केही चलचित्र वितरकहरु भोजपुरी चलचित्रलाई ल्याएर नेपालीमा डब गरेर प्रदर्शन गरिरहेका छन् । भोजपुरी चलचित्रमा नायक विराज भट्टका चलचित्र मात्र नेपाली बजारमा आउँछन् । ती चलचित्रलाई नेपाली भाषामा डब गरेर प्रदर्शन गरिरहेका छन्, केही वितरक ।

नायक विराज भट्ट भुकम्प आएपछि सबै कलाकार समाजसेवा र राहत वितरणमा देखिदा हराए । भोजपुरी चलचित्र खेलेर मनग्य पैसा कमाए पनि विराजको उपस्थिती देखिएन । उनै विराजका चलचित्र अहिले हलमा लागिरहेका छन् । नेपाली चलचित्रलाई एक्सन नायकको आवश्यकता भएको समयमा विराज हराए र भोजपुरीतर्फ लागे भन्नेहरु पनि छन् ।

विराजले अभिनय गरेको भोजपुरी चलचित्र ‘कुण्डली’ केही हप्ता अगाडि प्रदर्शनमा आयो । तर, यो चलचित्र हलमा लागेको या नलागेको दर्शकले थाहा पाएनन् । यसपछि अब उनै विराजको अभिनय रहेको चलचित्र ‘जन्मभूमी’लाई नेपाली भाषामा डब गरेर हलमा ल्याउन लागिएको छ । असार २५ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रमा विराजको पुरानै एक्सन शैली देख्न सकिन्छ ।

तर, एकपछि अर्को भोजपुरी चलचित्र ल्याएर नेपाली भाषामा डब गर्दा उनको बजार बिगि्रएको छ । विराज भट्टको चलचित्रलाई सस्तोमा ल्याएर केही नाफा कमाउने सोचमा केही वितरक लाग्दा उनका चलचित्रले गतिलो व्यापार गर्न सकेका छैनन् । के विराजलाई अब दर्शकले पत्याउन छाडेका हुन् त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment