Comments Add Comment

ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक

२२ असार, काठमाडौं । पार्टीमा उत्पन्न पछिल्लो आन्तरिक विवाद, संविधान निर्माण प्रक्रिया र सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्ने भएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह २ बजेका लागि बैठक आह्वान गरेको एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठक केन्द्रीय कार्यालय बल्खुमा बस्नेछ ।

स्थायी कमिटी बैठकमा कृषि मन्त्रीमा कसलाई पठाउने भन्ने बारे पनि छलफल हुने स्रोतले जनाएको छ । तर, सचिव भट्टराईले भने मन्त्री पठाउनेबारे एजेण्डा नरहेको बताए ।

उपप्रधानमन्त्री एबम् पार्टी उपाध्यक्ष बामदेव गौतमले आफू निकट हरि पराजुलीले राजीनामा दिएको ठाउँमा आफ्नै कोटा मागेको स्रोतले जनाएको छ । गौतमले बलराम बास्कोटालाई मन्त्री बनाउन खोजेका छन् ।

अध्यक्ष ओलीमाथि भने चुनाव जितेका सभासदबाट मन्त्री बनाउन र विषय विज्ञलाई प्राथमिकता दिन दबाव परेको छ । ‘मन्त्री बनाउनुभन्दा अघि मापदण्ड निर्धारण गर्नुपर्छ,निर्वाचित जनप्रतिनिधि र विषय विज्ञलाई प्राथमिकता दिनुपर्छ’ एक नेताले भने ।

बैठकमा पछिल्लो समय देखिएको विवादका बारेमा छलफल हुने बताइएको छ । सरकारले ल्याउन लागेको नीति कार्यक्रममा पार्टीको दृष्टिकोण बनाएर मन्त्रीहरुलाई निर्देशन दिनका लागि बैठक बोलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment