Comments Add Comment

‘छवि सुधार्न च्यारेटी गरेको होइन, म कहिले बिग्रिएको थिएँ र ?’ : सलमान खान

salman-khan
बलिउडका नायक सलमान खान लामो समयदेखि ‘हिट एन्ड रन केस’को मुद्दा लडिरहेका छन् । जसका कारण पनि उनले सधै नै तनाव भोग्नु परेको विश्लेषण गरिन्छ । सलमानले सुरु गरेको ‘वीइङ ह्यूमन’को च्यारेटी पनि छवि सुधार गर्नकै लागि हो भन्नेहरु पनि छन् ।

तर, सलमान यो कुरा मान्न तयार छैनन् । उनले आफ्नो छवि सुधार गर्नका लागि आफूले च्यारेटी नगरेको बताए । उनका अनुसार ‘हिट एन्ड रन केस’को मुद्दा अगाडि आफ्नो छवि बिगि्रएको थिएन । उनले आफ्नो छवि कहिले बिग्रिएको थियो र भन्दै सुधार गर्न आवश्यक रहेको  प्रश्न गरे ?

सलमानलाई लाग्छ, कतिपय मानिस उनलाई मुर्ख पनि संझन्छन् । सलमानले आफूसँग कसैले बक्स अफिस कलेक्शन भन्दा पनि च्यारेटीमा प्रतिस्पर्धा गर्न चुनौती दिए । उनका अनुसार कतिपय मानिस उनको च्यारेटीको फाइदा पनि उठाइरहेका छन् । केही मानिस अरुसँग कमिसन लिएर सलमानको तर्फबाट पैसा फिर्ता गरिदिने भन्छन् । तर, त्यसवापत कमिशन पनि माग्छन् ।

काश्मिरमा चलचित्र भवन नहुँदा दर्शकले चिन्न गाह्रो भएको उनले बताए । तर, त्यहाँका दर्शकले डीभीडीमा चलचित्र हेर्ने गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment