Comments Add Comment

दशैमा आउने भयो ‘कोकाकोला फिगर’

ashisma-nakarmi
केही समय अगाडि च्यारेटीबाट तारिफ कमाएको चलचित्र ‘अधकट्टी’ दशैको छेको पारेर प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता प्रदिप कुमार उदयले चलचित्र दशैमा आउने कुराको पुष्टी गरे ।

चलचित्रमा समावेश ‘तिम्रो फिगर कोकाकोला’ बोलको गीत अहिले सर्वाधिक चर्चामा छ । सुव्रत आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा अशिष्मा नकर्मी, विल्सन विक्रम राई, प्रदिप बाँस्तोला, गौरव पहारी, रिस्ता बस्नेत मुख्य भूमिकामा छन् ।

चलचित्रले पूर्णतया कमेडी बिषयलाई समावेश गरेको छ । चलचित्रमा समावेश कमेडी प्लटहरु उत्कृष्ट रहेको च्यारेटीमा हेर्ने दर्शकले बताएका थिए । दर्शकलाई च्यारेटीमै होल्ड गरेको चलचित्रले हलमा पनि होल्ड गर्ने निर्माता उदयले बताए ।

कात्तिक ६ गते काठमाण्डौ र कात्तिक ३ गते मोफसलका हलबाट यो चलचित्र प्रदर्शनमा आउने भएको छ । जेठ ८ लाई प्रदर्शन मिति तोकेपनि भूकम्पका कारण यसको प्रदर्शन सरेको थियो । दशैमा आउने भएपछि अब यसको भिडन्त चलचित्र ‘चंखे शंखे पंखे’सँग हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment