Comments Add Comment

आयो सुरेशको ‘सम्बन्ध’

Suresh-Karki-ko-Sambandhaकाठमाडौं । युवा साहित्यकार सुरेश कार्की निषादको गजल संग्रह ‘सम्बन्ध’ काठमाडौंमा विमोचन गरिएको छ ।

देशप्रति युवाको माया, ईतिहास, भूगोल, सरकारको चरित्र, स्त्री तथा अरु विभिन्न भावना समेटिएका गजल संग्रहित छन् ।

वरिष्ठ गजलकार ललिजन रावलले कृति विमोचन गर्दै युवापुस्तामा देशप्रेम झल्कने कृति प्रकाशन गर्नु सराहनीय भएको बताए ।

कार्यक्रममा कृतिको समिक्षा गर्दै साहित्यकार तथा चलचित्रकर्मी व्रजेश खनालले विदेशको मोहमा फसेकाहरुलाई व्यङ्ग्यदेखि लिएर समाजका बेथितीमा राम्रो अभिव्यक्ति भएकाले उत्कृष्ट कृति रचेको बताए । साहित्यकार बुद्धिसागरले समाजका बेथितीलाई पाठक समक्ष अवतरण गराउन सक्नु लेखकको सफलता भएको जिकीर गरे ।

४८ साल फागुनमा दामन मकवानपुरमा जन्मिएका कार्कीले आफूले सुरुदेखि नै कलम चलाउँदै आए पनि अग्रज र प्रशंसकको प्रेरणाले पहिलो कृति प्रकाशन गरेको बताए ।

ॐ शिवशक्ति अफसेट प्रेस, काठमाडौंले प्रकाशन गरेको पुस्तकको मूल्य ११० रुपैयाँ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment