Comments Add Comment

भूकम्प पीडितलाई हिमालयन बैंकको २ करोड सहयोग

२२ असार, काठमाडौं । विनाशकारी भूकम्प पीडितको राहत तथा पुर्नस्थापनामा सघाउन हिमालयन बैंकले २ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक समशेर राणा र बरिष्ठ महाप्रबन्धक इसाज गिललेे उक्त रकम बराबरको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरे ।

Himalayan-Bank-Rahat

रकम हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख सल्लाहकार हिमालय समशेर जबरा, विपिन हाडा र आत्माराम गौतम लगायतको उपस्थिती रहेको थियो ।

चार्टर्ड इन्स्टिच्यूटको २७ लाख

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्थाले २७ लाख ४ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । संस्थाका अध्यक्ष नरेन्द्र भट्टराईले उक्त रकम बराबरको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

संस्थाको अनुरोधमा सिपीए अष्ट्रेलियाबाट १० हजार अष्ट्रेलियन डलर, कन्फिडेरेशन अफ एशिया एण्ड प्यासेफिक एकाउण्टेण्टसबाट ४ हजार १ सय डलर, इन्स्टिच्यूट अफ चार्टर्ड एकाउण्टेण्ट्स बंगलादेशबाट १० लाख टाका र इष्टिच्यूट अफ कष्ट एण्ड म्यानेजमेण्ट्स एकाउन्टेन्ट बंगलादेशबाट ५ लाख प्रधानमन्त्री राहत कोषमा आएको भट्टराइले जानकारी गराए ।

शारदा विश्वविद्यालयको २७ लाख

भारतको शारदा विश्वविद्यालय नोयडाले कोषमा २७ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । विश्वविद्यालयका चान्सलर प्रदीप गुप्ताले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेका छन् ।

शारदा विश्वविद्यालयले भूकम्प आएपछि ११ जनाको चिकित्सक टोली पठाएर उपचारमा सहयोग गरेकेा थियो । करिब ५ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले भूकम्प पीडित विद्यार्थीहरुलाई करिब ५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिएको जनाएको छ ।

एनजीओ फेडेरेशनको १४ लाख

गैरसरकारी संस्था महासंघ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ प्रदान गरेको छ । संस्थाकी अध्यक्ष शर्मिला कार्कीले सो रकमको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरिन् ।

मकाउका नेपाली पुलिसले दिए १४ लाख

मकाउ प्रियजन पुलिसमा कार्यरत नेपाली पुलिसको टीमले १४ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेका छन् ।

टीमका कृष्ण गौचन, राजेश उप्रेती,विकास मगर सहितको प्रतिनिधि मण्डलले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरेको थियो ।

संगीत एकेडेमीको साढे ३ लाख

नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानले ३ लाख ४५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । प्रतिष्ठानका कूलपति भक्त श्रेष्ठ (सरुभक्त)ले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

पिपल वृक्षको सवा लाख

पिपल वृक्ष वचत तथा ऋण सहकारी संस्था नयाँ बानेश्वरले १ लाख २५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको छ । सहकारीका अध्यक्ष कोपिला शर्मा निरौलाले सो रकमको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे ।

दियालो र छन्त्याल संघको सहयोग

भूकम्प पीडित नेपालीहरुलाई सहयोग गर्न दियालो विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैया प्रदान गरकेा छ भने नेपाल छन्त्याल संघले १ लाख रुपैया प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment