Comments Add Comment

दुर्गम गाउँमा विद्युत् पुग्दै

 २२ असार, प्यूठान । जिल्लाको दुर्गम धनवाङ गाउँमा बिजुली पुग्ने भएको छ ।

गरिबी निवारण कोष, स्वर्गद्वारी गाविस र स्थानीयको सहयोगमा गाउँमा विद्युतीकरण गर्न थालिएको हो । नेपालकै प्रमुख धार्मिक तीर्थस्थल मध्येको एक स्वर्गद्वारीमा २० वर्ष अघि बिजुली पुगे पनि सोही गाविसको १, २ र ३ नम्बरका वडामा हालसम्म बिजुली पुग्न सकेको थिएन् ।

उज्यालो ज्योति सामुदायिक संस्थाका अध्यक्ष धनबहादुर पुनका अनुसार त्यहाँ विपन्न र आदिवासी जनजातीको बसोबास रहेको छ । गरिबी निवारण कोषको करिब ५० रूपैयाँ लाख सहयोग भएपछि स्थानीवासीले आफ्नो गाउँमा आफैँ बिजुली पुर्याउन हाल श्रमदान गरिरहेका छन् ।

विद्युतकिरणका लागि गरिबी निवारण कोषसँगै स्वर्गद्वारी गाविसको १० लाख ७२ हजार रूपैयाँ र स्थानीयवासीले रु १२ लाख ५१ हजार बराबरको श्रमदान गरेको गरिबी निवारण कोषको सहयोगी संस्था जनज्योति सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक विनोद पोख्रलले जानकारी दिए ।

गाउँमा रु ७३ लाख २३ हजारको लागतमा विद्युतीकरण हुन लागेको संयोजक पोख्रेलले बताए । अहिले धनवाङमा पोल गाडेर तार तान्ने काम भइरहेको छ । लिब्जामा पोल गाड्ने र तार तान्ने काम सकिसकेको सो संस्थाका सामाजिक परिचालक नारायण केसीले जानकारी दिए ।

“विद्युत् प्राधिकरणसँग ट्रान्सफर्मर माग गरेका छौँ” उनले भने । यहाँ २३० घरपरिवारका रहेका छन् । विद्युतीकरण भएपछि करिब एकहजार ३०० स्थानीय लाभान्वित हुने छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment