Comments Add Comment

श्रीलंकालाई जिल्यायो पाकिस्तानले

yunus

कोलम्बो । श्रीलंकाविरुद्धको अन्तिम टेस्टमा किर्तिमानी जित हासिल गर्दै पाकिस्तानले टेस्ट श्रृंखला २-१ ले कब्जा गरेको छ ।

पाकिस्तानलाई ७ विकेटले जिताउन युनिस खानले प्रेरणादायी इनिङ खेले । उनले एक सय अविजित १ सय ७७ रन बनाउँदै श्रीलंकालाई उसको गृहमैदानमा घुँडा टेकाएका थिए ।

श्रीलंकाले दिएको ३७७ लक्ष्य भेटाएर पाकिस्तानले आफ्नो इतिहासमै सबैभन्दा ठूलो लक्ष्य पछ्याएको रेकर्ड राखेको छ । चौथो इनिङमा पाकिस्तानका ओपनर सान मसुद र युनिसले २ सय ४२ रनको पार्टनरशीप गर्दै जितको आधार तयार पारेका थिए । मसुदले करिअरकै पहिलो अन्तर्राष्ट्रिय शतक हान्ने क्रममा १२५ रन बनाए ।

श्रीलंकाका लागि बलरहरुको प्रदर्शन सम्झनलायक भएन । प्रसाद, लकमल र कौशलले एक-एक विकेट लिए पनि पाकिस्तानको रनको रफ्तारलाई रोक्न सकेनन् ।

यसअघि पहिलो इनिङमा श्रीलंकाले ६३ रनको अग्रता लिएको थियो । पहिलो इनिङमा २ सय ७८ रन बनाएको श्रीलंकाले पाकिस्तानलाई २१५ रनमा रोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment