Comments Add Comment

आईएस लडाकूद्वारा सीरियाको सहर कब्जा

२२ असार, काठमाडौं । चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस) ले सीरियाको एक सहर फेरि कब्जा गरेको छ ।

isis_flag-bbc_nocredit

व्रिटेनस्थित मानवअधिकारवादी संस्था सीरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार चरमपन्थीहरुले सीरियाको उत्तरी ऐन इस्सा शहर र त्यस आसपासका केही गाउँहरु कब्जा गरेका हुन् ।

सहर कब्जा गरेर स्लामिक स्टेटले आफ्नो दबदबालाई कायम राखेको छ ।

यसअघि सरकारले सो क्षेत्रलाई आईएस लडाकुको कब्जाबाट दुई हप्ता अघि मात्रै मुक्त गरेको थियो । यो सहर रक्काबाट ५० किलोमिटर उत्तर तर्फ पर्दछ ।

कुर्दिश पपुलर प्रोटेक्शन (वाईपीजी)का प्रवक्ताले आईएस लडाकू निस्तेज पार्न आफूहरु प्रयास जारी रहेको बताएका छन् ।

केही हप्तायता आईएसले ठूला आक्रमणहरु गर्दै आएको छ ।

सोमबार अमेरिकी राष्ट्रपति बराक ओबामाले आइएस विरुद्ध अमेरिकाको नेतृत्वमा हुँदै आएका हवाइ हमला अझै बढाउने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment