Comments Add Comment

रानाभाटको प्रश्न – गाईलाई राष्ट्रिय जनावर मान्ने अनि काट्ने अधिकार पनि दिने ?

२२ असार, काठमाडौं । पूर्व सांसद मञ्चले संविधानसभामा प्रस्तुत संविधानको प्रारम्भिक मस्यौदामा संसोधन प्रस्ताव तयार पारेको छ । मस्यौदामा बाझिएका, दोहोरिएका र दोहोरो अर्थ दिने शब्दाअर्थहरुसहितका विषयहरुलाई संसोधन गर्न सुझाव दिने उद्देश्यले मञ्चले प्रस्ताव तयार पारेको छ ।

Taranath Ranavat

संसदको परामर्श दाताको मान्यता पाएको पूर्व सांसद मञ्चले तयार पारेको सुझाव सबै दलका शीर्ष नेता र संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष तारानाथ रानाभाटले संविधानको प्रस्तावनामा नेपाली जनतालाई सार्वभौम सत्ता सम्पन्न माने पनि राज्यशक्तिको स्रोतमा नेपाली जनतालाई नराखेकाले बिरोधाभाषपूर्ण भएको बताए । उनले राज्यशक्तिको स्रोतको रुपमा नै नेपाली जनतालाई राख्नु पर्ने सुझाव दिए ।

भौगोलिक अखण्डताको ठाउँमा राज्यको प्रादेशिक अखण्डता हुनु पर्ने, राष्ट्रहितमात्र नसोची राष्ट्रहितको आधार बहुलवाद भएकाले त्यसलाई पनि संविधानमा उल्लेख गर्नु पर्ने रानाभाटको भनाइ छ ।

कतै बहुदलीय प्रतिष्पर्घा र कतै जनताको प्रतिष्पर्घात्मक ब्यवस्थाको कुरा गरिएको भन्दै उनले जनताको प्रतिस्पर्घात्मक ब्यवस्था डरलाग्दो भएकाले विचारको प्रतिष्पर्घा हुने बहुदलीय प्रतिष्पर्घामा मात्र राख्नु पर्ने धारणा राखे ।

उनले भने, ‘प्रजातन्त्रमा जनताको प्रतिष्पर्घा हुँदै विचारको प्रतिष्पर्घा हुन्छ । जनताको प्रतिष्पर्घा भनेको धर्म, भाषा, सँस्कृति, जातीको लागि लड्ने कुरा हुन्छ । त्यो खतरनाक हो ।’

मञ्चले प्रतिनिधिसभा प्रत्यक्ष र राष्ट्रिय सभा समावेशी हुनु पर्ने, मुलुकमा अस्थिरता हुन नदिने थ्रेस होल्ड राख्नु पर्ने, छ महिनाभित्र स्थानीय निकायको निर्वाचन हुनुपर्ने, संसदीय शासन प्रणाली उल्लेख गर्नुपर्ने, धार्मिक स्वतन्त्रता वा सनातन हिन्दु राष्ट्र उल्लेख हुनुपर्ने लगायतका सुझाव तयार पारेको छ ।

‘एकातिर गाईलाई राष्ट्रिय जनावर भन्ने अर्को तिर गाई काट्ने अधिकारसहित धर्म निरपेक्षताको अधिकार दिने कुरा मिलेन,’ रानाभाटले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment