Comments Add Comment

अभ्यास खेलमा नेपाल यूएईसँग पराजित

Nepal-Vs-UAE

२२ असार, काठमाडौं । टी-२० विश्वकप छनोटको अभ्यास खेलमा नेपाल डीएल मेथडका आधारमा यूएईसँग २० रनले पराजित भएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा ७ विकेटको क्षतिमा ८४ रन बनायो । बेलफास्टमा टस जितेको नेपालले व्याटिङ नगर्दै पानी परेपछि खेल १८ ओभरमा घटाइएको थियो ।

नेपालको सुरुवात निकै खराव रहृयो । पहिलो ओभरमा मात्र २ रन जोड्दा ओपनर सुवास खकुरेल व्यक्तिगत एक रनमा आउट भए । थप दुई रन जोड्दा अर्का ओपनर सागर पुन पनि एक रनमै पभेलियन फर्किए ।

तेस्रो विकेटका रुपमा कप्तान पारस खड्का व्यक्तिगत ५ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १३ रन थियो ।

Gyanendra-malla

उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेसवाकरले चौथो विकेटका लागि २० रनको साझेदारी गरे । मल्ल २८ बलमा एक चौकासहित १३ रनमा आउट भए ।

राजेश पुलामी एक रनमा आउट भए भने विनोद भण्डारीले खाता नै खोल्न सकेनन् ।

क्रिजमा टिकिरहेका शरदले सातौं विकेटका लागि प्रदिप ऐरीसँग ३२ रनको साझेदारी गरे । प्रदिप १३ रनमा आउट भए ।
शरद ३८ रनमा अविजित रहे । ३७ बल खेलेका एनले एक छक्का र दुई छक्का हाने । सोमपाल कामी ७ रनमा अविजित रहे ।

जवाफ मैदान उत्रिएको यूएईले १४ ओभरमा २ विकेट गुमाएर ८१ रन बनाउादा फेरि पानी पर्‍यो । पानीले खेल रोकिएपछि यूएई डीएल मेथडका आधारमा २० रनले विजयी भएको छ ।

Nepal-Vs-UAE-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment