Comments Add Comment

दाताहरूलाई अर्थमन्त्रीको आग्रह- प्रतिबद्धता पूरा गर

२२ असार, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बिदेशी दाताहरुको सहयोगले मात्रै मुलुक नबन्ने बताएका छन् । उनले अन्तर्राष्ट्रिय दाता सम्मेलनमा गरेको प्रतिबद्धता व्यवहारमा उतार्न दाताहरुलाई आग्रह समेत गरे ।

GP-Foundation

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको ९२ औं जन्म जयन्तीको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘भूकम्प पछि हामी महत्वपूर्ण चरणमा पुगेका छौं, यसका लागि आफ्नै श्रम सिप र पुँजीको अधिकतम प्रयोग गर्दै आम नागरीक राष्ट्र निर्माणमा लाग्नु पर्छ अनिमात्र मुलुक नयाँ निर्माणको चरणमा पुग्ने छ ।’

सरकारले व्यवस्थित एकीकृत बस्ती बिकासको तयारी गरिरहेको भन्दै उनले स्वास्थ्य शिक्षा, खानेपानी लगायत आधारभुत आवश्यकता पूरा गर्न र बिकासका पूर्वाधारहरु सहज ढङ्गले पुर्‍याउन बस्तीहरुलाई केन्द्रित गर्नुपर्ने बताए ।

नमूना गाउँ बनाऔं : सुजाता

कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले नमूना गाउँको रुपमा बस्तीहरुको विकास गर्नु पर्नेमा जोड दिइन् । नमूना गाउँ निर्माणका लागि चीनका ठूला दुई कम्पनीहरुसँग सम्झौता भैसकेको जानकारी उनले दिइन् । संस्कार, संस्कृति र पहिचान झल्कने गरी नमूना गाउँ निर्माण गरिने कोइरालाले स्पष्ट पारिन् ।

कार्यक्रममा गिरिजा प्रसाद कोइरालालाई सम्झदै उनले मस्यौदा पारित भएसंगै संविधान आउने बाटो खुल्ने र नयाँ पुस्ताको भबिश्य उज्ज्वल बनाउन सबै मिल्नुपर्नेमा जोड दिइन् ।

सोहि कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिवराज पोखरेलले घर बनाउँदा कस्तो किसिम र कहाँ बनाउदै छु भन्ने कुराको राम्रो ख्याल गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, योजना आयोगका सदस्य सोणिर्म वाग्ले, प्रधानमन्त्रीका सल्लाहकार डा. विजन पन्तलगायतले भूकम्प पछिको पुनर्निर्माण र नवनिर्माणमा केन्दि्रत रहेर आफ्ना भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment