Comments Add Comment

उच्च माविमा छात्रवृत्ति कोटा बढाउन क्रान्तिकारीको माग

२२ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले छात्रवृत्ति कोटा बृद्धि लगायतका ४ बुँदे माग राख्दै उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापन पत्र बुझाएको छ ।

Surendra-Basnet
ज्ञापनपत्र बुझाउँदै अखिल क्रान्तिकारी नेवाः राज्य संयोजक सुरेन्द्र बस्नेत

अखिल क्रान्तिकारी नेवाः राज्य समिति संयोजक सुरेन्द्र बस्नेत नेतृत्वको टोलीले परिषद उपाध्यक्ष चैतन्य शर्मालाई मंगलबार ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा हालको ५ प्रतिशत छात्रवृत्ति कोटालाई बढाएर १० प्रतिशत पुर्‍याउनुपर्ने, सामुदायीक उच्च माविको स्तरबृद्धि गर्न विशेष कोष बनाउनुपर्ने, विगतमा अखिल क्रान्तिकारीसँग भएका सहमति कार्यान्वयन गर्न र वैज्ञानिक तथा सर्बसुलभ शुल्क निर्धारण गर्न माग गरिएको छ ।

आइतबार वार्ता

आफूहरुका मागमा छलफल गर्न परिषदले आइतबार वार्तामा बोलाएको अखिल क्रान्तिकारी नेवाः राज्य समिति संयोजक बस्नेतले जानकारी दिए ।

‘परिषदले छुट्टै परीक्षा लिएर ३ प्रतिशत र प्लस टुले आन्तरिकरुपमा २ प्रतिशत गरी हाल विद्यार्थीहरुले ५ प्रतिशत छात्रवृत्ति पाउँछन्,’ बस्नेतले अनलाइनखबरसँग भने, ‘हाम्रो माग अब बढाएर १० प्रतिशत पुर्‍याउनु पर्छ भन्ने हो ।

हाल निजी विद्यालयमा १० प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेकाले यसैबर्षदेखि उच्च माविमा पनि १० प्रतिशत छात्रवृत्तिको व्यवस्था मिलाउनु पर्ने बस्नेतले बताए ।

‘परिषद उपाध्यक्षले यसै बर्ष माग पूरा गर्न अप्ठेरो पर्ने भन्दै अर्को बर्षदेखि कार्यान्वयनका लागि पहल गर्छु भन्नु भएको छ,’ बस्नेतले भने, ‘तर हाम्रो माग यसैबर्षदेखि लागु हुनुपर्छ भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment