Comments Add Comment

बलले लागेर ब्रिटिस तमिल ब्याट्म्यानको निधन

Bavalan-Pathmanathan

२२ असार, काठमाडौं । क्रिकेट बलले छातीमा लागेर ब्रिटिस तमिल ब्याट्म्यानको मृत्यु भएको छ । बेलायतको लिग खेलका क्रममा बलले लागेर २४ वर्षका बल्लान राथमान्थनको मृत्यु भएको बीबीसीलेे जनाएको छ । 

एक आवासीय उपनगरमा बि्रटिस तमिल लिगमा मनिपे पेरिस स्पोर्टस क्लबका लागि ब्याटिङ गर्ने क्रममा उनको छातिमा बलले लागेको थियो ।

उनीसँँगै ब्याटिङ गरेका टिम-मेटका अनुसार उनको छातिमा बलले लागेपछि सोध्दा थम्स अप गर्दे आफु ठिक रहेको संकेत गरेका थिए । तर, जब उनले आफनो छाति छाम्न थाले त्यसपछि केहि स्टेप पछाडि सर्दै भुइमा लड्न पुगे ।

उनी घाइते भएर मैदान लडेपछि एयर एम्बुलेन्स बोलाइएको थियो तर ,तेतिन्जेल उनको मूत्यु भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment