Comments Add Comment

यात्रा अनुमतिपत्र प्रतिस्पर्धामा आवेदन परेन

२३ असार, काठमाडौं । अवैधानिक नेपाली कामदारलाई स्वदेश फिर्ता गर्न नेपाली दूतावास मलेसियाले खोलेको बोलपत्र आह्वानमा मंगलबारसम्म कुनै पनि संस्था र फर्मले दर्ता गरेका छैनन् ।
kuala-lumpur-malaysia-photos-2
दूतावासले मंगलबारसम्मको समयसीमा तोकेर हाल नेपाल पठाइरहेको कोपरासी बार्हाडभन्दा सस्तो दरमा अवैधानिक नेपालीलाई घर फर्काउन सक्ने संस्थाले दर्खास्त हाल्न आह्वान गरेर १५ दिने सूचना जारी गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
कोपरासीले यसअघि प्रतिव्यक्ति १२ सय ८० रिंगेट लिएरु कामदारलाई फिर्ता गराएको थियो । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियाको अध्यागमनसँग प्रतिव्यत्तिः १२ सय ८० रिंगेटभन्दा कम दरमा नेपाल पठाउन सबै सरोकारवालसँग आह्वन गरेको थियो ।
मलेसियामा अझै एक हजारभन्दा बढी नेपाली अवैधानिक रुपमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment