Comments Add Comment

एक जनाको भरमा चल्छ नेचुङ भन्सार कार्यालय

२३ असार, मुस्ताङ । जीर्ण भवन । शौचालय र बाथरुम छैन् । झ्याल ढोका कुहिएका छन् । न सञ्चार सुविधा नत अन्य सहयोगी कर्मचारी नै । यस्तै समस्या र पीडाका बीचमा छन्, नेचुङ भन्सार छोसेरका कार्यालय प्रमुख नायव सुब्बा धर्मराज सुवेदी ।
मुस्ताङको कोरला नाकाबाट हुने कारोबारलाई व्यवस्थित बनाउन २१ वर्षपछि असारको पहिलो साता सञ्चालनमा आएको यो भन्सार कार्यालय भौतिक पूर्वाधार र जनशक्तिको अभावले कार्यसम्पादन प्रभावकारी बन्न सकेको छैन । कार्यालय सहयोगीसहित चारजनाको दरबन्दी भएपनि अहिलेसम्म दरबन्दी पूरा नभएको अन्नपूर्ण पोस्टमा खबर छ ।

कार्यालय सहयोगीमा स्थानीयलाई नियुक्त गर्न पाउने भए पनि विभागबाट निर्देशन नआएकाले समस्या भएको छ । दरबन्दीका अन्य दुई जना कर्मचारी काजमा अन्यत्रै खटिएका छन् ।

भौगोलिकरुपमा कठिन, समुदायस्तरमा पर्याप्त चेतनाको कमी र थप जनशक्ति नहुँदा कार्यसम्पादन गर्न समस्या भएको प्रमुख सुवेदीको गुनासो छ ।

चीनसँगको व्यापारिक हिसावले महत्वपूर्ण मानिने कोरला नाका सञ्चालनमा आउने वित्तिकै भन्सारमा कामको चाप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment