Comments Add Comment

भूकम्प प्रभावित क्षेत्रका युवा घर ठड्याउन बिदेसिँदै

२३ असार, सिन्धुपाल्चोक । हिमाली गाउँ घोर्थली-३ का साङतेम्बा शेर्पा सीमा नाका तातोपानी लिपिङ बजारमा किराना पसल चलाउँथे । गत वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्‍याएपछि पसल ध्वस्त भयो । फेरि सञ्चालन गर्ने अवस्था नभएपछि आफूसँग भएको ड्राइभिङ सीपलाई विदेशमा गएर बेचेर पैसा कमाइ घर बनाउने सपना बोकेर उनी विदेश जाने योजनामा छन् ।
rojgarत्यस्तै चार वर्ष कुवेत बसेर नेपालमै केही गर्ने योजनासहित आएकी गोचे ४ की निम्लुङकी मोतीगाई दोङ पनि फेरि विदेश जाने योजना बनाउन थालेकिछन् । आफूले सजाएका सपना सबै भूकम्पले लगेपछि उनी फेरि विदेश जाने योजनामा रहेको नागरिकमा खबर छ ।

साङतेम्बा र निम्लुङकी जस्तै धेरैको योजना अब विदेश गएर आफ्नो श्रम बेचेर गुमेको घर बनाउने तथा सुखी जीवन यापन गर्ने सपना बुन्न थालेका छन् ।

यसरी विदेश जानेको संख्या बढ्न थालेपनि सिन्धुपाल्चोकमा राहदानी बनाउनेको संख्या पनि उल्लेख्य रुपमा वृद्धि भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद उपाध्यायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment