Comments Add Comment

पक्राउ परेको तीन महिनादेखि अभियुक्त बेेपत्ता

२३ असार, काठमाडौ । तस्करी आरोपमा सुरक्षा निकायले नियन्त्रणमा लिएका ब्यक्ति करिब तीन महिनादेखि बेपत्ता छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनको अवस्थाबारे अनुसन्धान थालेको छ ।

सशस्त्र प्रहरीको सीमा सुरक्षा बल कार्यालय तातोपानीको टोलीले राजकुमार तामाङलाई ११ चैतमा पक्राउ गरेको थियो । ग्यास सिलिण्डर तस्करी आरोपमा उनलाई पक्राउ गरिएको थियो । तर एक सय दिन नाघ्दासमेत उनको अवस्था अज्ञात रहेको नयाँ पत्रिकामा खबर छ ।

राजकुमारको खोजी गरिदिन माग गर्दै उनकी श्रीमतीले प्रहरीमा निवेदन दिएपछि थालिएको अनुसन्धान अझै सकिएको छैन । गृह मन्त्रालयले नेपाल प्रहरीलाई छानविनको जिम्मा दिएको थियो ।

डीआईजी नवराज सिलवाल नेतृत्वको छानबिन समितिले प्रारम्भिक अनुसन्धान गरेकेा थियो । घटनाको विस्तृत अनुसन्धान नै गर्नुपर्ने रिपोर्ट डीआईजी सिलवालको समितिले दिएको थियो । अहिले केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान थालेको छ ।

सीआईबी टोलीले तातोपानी पुगेर गरेको अनुसन्धानमा सशस्त्र प्रहरीले तामाङलाई पक्राउ गरेको पुष्टी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment