Comments Add Comment

भूकम्पपछि बाहिरी चक्रपथको नक्सा फेरियो

२३ असार, काठमाडौ । कागजमा सीमित उपत्यकाको बाहिरी चक्रपथको नक्सा परिवर्तन गरिएको छ । सरकारले बाहिरी चक्रपथको अवधारणालाई अघि बढाउन १५ वर्षअघि योजना बनाएको थियो ।

नयाँ नक्सामा बाहिरी चक्रपथले काठमाडौ, ललितपुर र भक्तपुरका कृषियोग्य जमिन तथा पानीका स्रोत भएका क्षेत्रलाई संरक्षण गर्नेछ । नयाँ योजनाका कारण २५ हजार रोपनी कृषियोग्य जमिन संरक्षण हुने दाबी आयोजनाले गरेको गोरखापत्रमा खबर छ ।

बाहिरी चक्रपथ निर्माण गर्ने भनिएका जग्गामा धमाधम ठूला घरहरु निर्माण भइरहेकाले यसलाई मुर्तरुप दिन सकिने अवस्था भने न्यून बन्दै गएको छ । काठमाडौ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त डा. भाइकाजी तिवारीले भित्तामा देखाइएको नक्सा देखाउँदै भने, ‘बाहिरी चक्रपथ निर्माण गर्ने योजना भित्तामा मात्र सीमित बन्यो । अब यो निर्माण हुने कुरा हाललाई असम्भव जस्तै छ ।’

आयोजना प्रमुख रमामैया मानन्धर बाहिरी चक्रपथ जसरी भए पनि बन्ने दाबी गर्छिन् । भूकम्पले धाप क्षेत्रमा घर निर्माण गर्नु हुन्न भन्ने पाठ सिकाएकाले यो क्षेत्रलाई संरक्षण गर्दै साविक कार्ययोजनामा परिवर्तन गरेको उनले जानकारी दिइन् ।

करोडौं रुपैयाँ खर्च गरी तयार गरिएको बाहिरी चक्रपथ निर्माण सम्बन्धी डिजाइनलाई आयोजनाको दराजमा थन्क्याइएको छ । यस अवधिमा सरकाले अध्ययन, परामर्श तथा कर्मचारी तलबका लागि भनेर करिब ४० करोड रुपैयाँ खर्च गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment