Comments Add Comment

जो मृत्यूको मुखबाट फुत्किए

gyanendra-and-nir-saha

काठमाडौं। मृत्यू अवश्यंभावी छ, तर यसको कुनै निश्चितता छैन । कहिले मरिन्छ भन्ने कसैलाई थाहा छैन । यहाँ केही कलाकारको बारेमा चर्चा गरिएको छ, जसले मृत्यूलाई नजिकबाट देखेका छन् ।

नीर शाहः एक वर्ष पूरा भयो अभिनेता नीर शाहले मृत्युसित लडेर जित हासिल गरेको । एक वर्ष अगाडी असारमा अकस्मात ह्दयघात भएपछि उनी बाँसवारी स्थित सहिद गंगालाल अस्पताल भर्ना भएका थिए । उनको होस आउन मात्रै तीन दिन लाग्यो । उपचारपछि उनका शुभचिन्तक धेरैले नयाँ जीबन पाएको टिप्पणी गरेका थिए । शाह स्वयं पनि आफुले नयाँ जीवन पाएको स्वीकार्छन् ।

ज्ञानेन्द्र देउजाः आफैले वीष पिएका ज्ञानेन्द्र देउजालाई समयमा अस्पताल नपुर्‍याएको भए उनको स्थिती के हुने थियो भन्न सकिन्न । तीन दिनपछि होसमा आएका निर्देशक देउजा अहिले पनि पहिला जस्तै हट्टकट्टा छन् । उनी हाल नयाँ फिल्म निर्देशनको तयारीमा जुटिरहेका छन् । तर, मृत्युको छेउमा पुग्दाको अनुभुति भने उनले गर्न पाएका छैनन् ।

पवन मैनालीः कुनै वेला नेपालका प्रभावशाली खलनायक पवन मैनाली अहिले अपाङ्गता भएका कलाकारको रुपमा चिनिन्छन् । पोखरामा सुटिङ गरेर सर्लाही फर्किने क्रममा सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परेका मैनालीको मष्तिष्कमा चोट लागेको छ । ६ महिनाभन्दा बढी अस्पतालमा उपचार गरेका मैनालीलाई अझै सन्चो भएको छैन । अहिले पनि उनलाई हिंडडुल गर्नका लागि सहयोगी चाहिन्छ ।

सोभित बस्नेतः मोटरसाईकलमा सबै भन्दा धेरै पटक काठमाडौ पोखरा ओहोरदोहोर गर्ने निर्देशकको रुपमा चिनिन्छन् सोभित बस्नेत । सुटिङ, फिल्म प्रमोशन र डेटिङमा समेत मोटरसाईकल प्रयोग गर्दै आएका सोभितको भनाई अनुसार उनी संयोगले बाँचेका हुन् । एक पटक उनले चलाएको कार सडकमै उत्तानो परेको थियो ।

चलचित्र ‘कन्यादान’ प्रदर्शनका लागि उनी पोखरा जाँदै गर्दा गम्भिर दुर्घटनामा परेका थिए । उनको भनाई अनुसार हल्का ओरालो, चिप्लो बाटो थियो । त्यही बेला रङ साईडबाट मोटरसाईकल आयो । मोटरसाईकल जोगाउने क्रममा उनले चलाएको कार सडकमा उत्तानो परेको थियो । उनि भन्छन्, ‘म कसरि बाँचे अहिले सम्झदा पनि अचम्म लाग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment