Comments Add Comment

वजन घटाउन चाहनुहुन्छ ? खानुस् यी एक दर्जन चिजहरु

fat

सरीर धेरै मोटो भयो अर्थात् वजन बढि भयो भने वजन घटाउनका लागि खाना कम खाने उपाय सबैको पहिलो विकल्पका रुपमा रहन्छ । तर तौल घटाउनु भनेकै कम खाना खानु हो भन्ने कुरा सधै सही नहुन सक्छ । कम होइन, सन्तुलित भोजन आवश्यक हुन्छ, वजन नियन्त्रणका लागि । खानामा फलफुल, सागपात, नट्स तथा गेडागुडीलाई समावेश गर्नुपर्छ, जसमा बोसो गलाउने तत्व हुन्छ । यी खानेकुराले भोक घटाउनुका साथै मोटोपना पनि घटाउँछन् । वैज्ञानिकहरुका अनुसार वजन नियन्त्रणका लागि निम्न खानेकुरा खानु आवश्यक हुन्छ-

१. स्याउ- स्याउमा पेक्टिन नामक तत्व हुन्छ । यो तत्वले सरीरको कोषिकाले चिल्लो पदार्थ शोषण गर्ने दरलाई नियन्त्रण गर्दछ । पेक्टिन सबैजसो फलफूलमा पाइन्छ ।

२. ग्री टी- ग्रीन टीमा हुने तत्वले सरीरको उपापचयनलाई बढाएर वजन नियन्त्रणमा सघाउ पूराउँछ । यसले खानामा हुने ग्लुकोजको उत्सर्जनलाई बढावा दिने र बोसो दहन गर्नमा सघाउ पूराउने बताइन्छ ।

३. अमिलो फलफूल- सुन्तला, कागती तथा अंगुर जस्ता अमिलो फलफूलमा पर्याप्त भिटामिन सी का साथै बोसो प्रतिरोधी तत्व हुन्छ । यसले सरीरमा इन्सुलिन कम गर्ने तथा बोसोको संचयलाई रोक्नुका साथै वजन न्यूनिकरणलाई बढावा दिन्छ ।

४.ब्रोकाउली- ब्रोकाउलीमा प्रसस्तै क्याल्सियम तथा फाइबर पाइन्छ । यसमा भिटामिन सी पनि उच्च पाइन्छ । अध्ययन अनुसार क्याल्सियमले वजन नियन्त्रणमा सहयोग गर्दछ ।

५.सोयाविन- सोयाबिनमा लेसिथिन नामक तत्व पाइन्छ । यो तत्वले सरीरका कोषलाई चिल्लो पदार्थ जम्मा गर्नबाट रोक्दछ । यसका साथै जम्मा भएको बोसोलाई टुक्राउने काममा पनि यो तत्वले सहयोग गर्दछ ।

६. जौँ- जौँ मा घुल्ने फाइबर प्रसस्त मात्रामा पाइन्छ । यो फाइबरले सरीरको मोटोपना घटाउन सहयोग गर्दछ ।

७. लसुन- लसुनमा एलिसिन भन्ने तत्व पाइन्छ । यो तत्वले पनि सरीरका कोषमा बोसोको एकत्रीकरणलाई रोक्दछ । त्यसैले लसुनको सेवनले सरीरमा बोसो जम्माहुने प्रक्रियालाई कम गरिदिन्छ ।

८. नासपाती- ब्राजिलमा हालै भएको एक अध्ययन अनुसार नासपातीको सेवनले मानिसमा मोटोपना कम हुन्छ । नासपातीमा क्यालोरी कम हुने, प्रसस्त फाइबर भएका कारण नियमित रुपमा नासपाती खाँदा भोक कम लाग्ने तथा मोटोपना समेत घटाउन सघाउ पुग्ने बताइन्छ ।

९. बदाम- अध्ययन अनुसार भोजनमा बदाम समावेश गर्दा खानेकुरा मिठो हुनेमात्र होइन वजन बढ्नबाट पनि बचाउँदछ । बदाममा पर्याप्त प्रोटिनका साथै फाइबर समेत पाइन्छ र यसले बोसोको दहनलाई बढावा दिन्छ ।

१०.केरा- केरामा पर्याप्त म्याग्नेसियम लवण पाइन्छ । यो तत्वले उर्जा उत्पादन तथा स्नायुको कार्यसंचालनमा समेत सघाउ पूराउँछ भने इन्सुलिनको उत्पादन तथा प्रयोगलाई समेत नियमित गर्दछ । साथै यसले सरीरले क्याल्सियम तत्व सोस्ने प्रक्रियालाई समेत सन्तुलित गराउँछ । क्याल्सियम र म्याग्नेसियम तत्वको सन्तुलन वजन नियन्त्रणमा निकै महत्वपूर्ण हुन्छ ।

११. पानी- जर्मनीमा भएको पछिल्लो अध्ययन अनुसार पानीले सरीरमा क्यालोरी दहन हुने दर पानीको सेवनले बढाइदिन्छ । पानीको सेवनले क्यालोरी दहन हुने दर ३० प्रतिशतले बढेको अधययनले देखाएको थियो । पानीको पर्याप्त सेवनले भोक पनि कम गर्छ ।

१२.कुरिलो- कुरिलोमा एस्पारेजिन तत्व पाइन्छ । यसले सरीरका कोषिकामा प्रत्यक्ष प्रभाव पार्दछ र बोसोलाई टुक्राउने काम गर्छ । यसका साथै कुरिलोमा पाइने अन्य तत्वले सरीरबाट अनावश्यक तत्वहरु निस्कासनमा समेत सहयोग गर्छ जसका कारण बोसो घटाउन सहयोग पुग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment