Comments Add Comment

जो ४२ वर्षदेखि निदाएकै छैनन्

thai-ngoc-insomnia-1_1436

एक दुइ रात नसुत्दा न झण्डै विरामी नै होइन्छ, के कुनैपनि मानिस नसुतिकनै ४२ वर्षसम्म बाँच्न सक्ला ? सायद सक्दैन नै होला । तर भियनतामका एक व्यक्तिले भने यो सत्यलाई चुनौति दिएका छन् । थाइ नगोक नामका पुरुष पछिल्लो ४२ वर्षदेखि जागा नै छन् । ४२ वर्षयता उनी एक मिनेटपनि सुतेका छैनन् ।

भियतनामको ननसोंग जिल्लाको क्यू ट्रंग कम्यूनमा बस्ने नगोकको जन्म सन् १९४२ मा भएको हो । सन् १९७३ मा उनलाई ज्वरो आएको थियो । आफुलाई त्यतिबेला कडा ज्वरो आएपछि त्यसयता कहिल्यैपनि निद्रा नआएको उनको भनाइ छ ।

निद्रा नलागेर हैरान भएका नगोक उपचारका लागि केही ठूला अस्पतालमा पनि गए । डाक्टरहरुले इनसोम्निया नामको रोग भएको बताए, जसका कारण निद्रा लाग्दैन । तर त्यसको उपचार भने कसैले गर्नसकेनन् ।

निद्रा नलाग्दा सुरु सुरुमा आफुलाई निकै कठिनाइ हुने गरेको भन्दै उनले पूरै रात तनावमा गुजार्नुपरेको सम्झिन्छन् । तर विस्तारै उनलाई बानी परेको छ । अहिले निद्रा नलागेपनि उनलाई कुनै शारीरिक समस्या उत्पन्न हुँदैन रे । तर दिउसोमा काम गर्दा समय बितेको पत्तो नहुने भएपनि रातको एक एक पल समय कटाउन निकै गाह्रो पर्ने उनको अनुभव छ ।

त्यसैले कहिलेकाहीँ रात कटाउनका लागि उनी रातको समयमै खेतमा काम गर्न समेत जाने गरेका रहेछन् । घरमै बसेर रात कटाउनु पर्दा उनले रातको समयमा धेरै पटक चिया तथा चुरोट पिउने गर्दछन् ।

६ सन्तानका पिता नगोकले अनिद्राका कारण आफुलाई थकाइ लाग्ने भने नगरेको बताउँछन् । अहिले ७३ वर्षका भएका नगोक एकदम स्वस्थ देखिन्छन् । रातको समयमा गर्नुपर्ने काम नभएर खाली बस्नुपर्दा उनलाई छटपटी हुन्छ, र रातमा पनि काम गरिरहन चाहन्छन् ।

सन् २०१० मै विश्वका कतिपय म्यागेजिनहरुले उनलाई विश्वका असाधारण व्यक्तिको रुपमा समाचार प्रकाशित गरेका थिए । –एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment