Comments Add Comment

‘पेप ब्राजिललाई विश्व च्याम्पियन बनाउन चाहन्थे’

Pep-Guardiola-and-Dani-Alves

२३ असार, काठमाडौं । बार्यन म्युनिखका प्रशिक्षक पेप ग्वोर्डिआलोले गत वर्ष विश्वकपमा ब्राजिलको प्रशिक्षक बन्न चाहेको डिफेण्डर डानी अल्भेसले बताएका छन् ।

तर, ब्राजिलियन फुटबलका अधिकारीहरु विदेशी प्रशिक्षक नियुक्त गर्न डराएको उनले बताए ।

इएसपीएल ब्राजिलसँग कुरा गर्दै अल्भेसले भने-‘पेप ब्राजिललाई फेरि एक पटक विश्व च्याम्पियन बनाउन चाहन्थे ।’

ग्वार्डिआलोको नेतृत्वमा बार्सिलोनाले चार वर्षमा १४ उपाधि जितेको थियो, जसमा दुई च्याम्पियन्स लिग समेत छ । बार्सिलोना छाडेर केही समय खाली रहेका उन जर्मन क्लब बार्यनको प्रशिक्षक बने ।

अल्भेसले ४४ वर्षका ग्वार्डिआलो विश्वकै उत्कृष्ट प्रशिक्षक भएको बताए ।

घरेलु मैदानमा भएको विश्वकपमा ब्राजिलले सेमिफाइनलमा जर्मनीसँग ७-१ को लज्जास्पद हार व्यहोरेको बुधबार एक वर्ष पुरा भएको छ ।

लुईस फिलिप स्कोलारी विश्वकपका लागि २०१२ मा ब्राजिलको प्रशिक्षक बनेका थिए । तर, सेमिफाइनलको लज्जापद हार तथा तेस्रो स्थानका लागि भएको खेलमा नेदरल्याण्डसँग ३-० ले पराजित भएपछि उनले राजीनामा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment