Comments Add Comment

डाक्टरले निकाले मान्छेको पुच्छर

puchher

१३ सालका अरशिद खानको ढाडमा पुच्छर पलाएको थियो । ठ्याक्कै गाइवस्तुकै जस्तो तर रौँ भने नभएको उक्त पुच्छर ७ इन्च लामो थियो । सोही पुच्छरकै कारण उनलाई बालाजीको अवतार मानिन्थ्यो । भारतको पन्जाबका यी बालाजीको पुच्छर अन्ततः डाक्टरहरुले निकालिदिएका छन् ।

मोहालीको फर्टिस अस्पतालमा शल्यक्रिया गरी डाक्टरहरुले अरशिदको पुच्छर निकाल्न सफल भएका हुन् ।

पुच्छरकै कारण पन्जाबमा अरशिदको छुट्टै पहिचान प्राप्त भएको थियो र स्थानीय मानिसहरु उनलाई बालाजीको अवतार मानेर पुजा गर्न तथा आशिर्वाद लिन आउने गर्थे । अरु मानिसले भगवानका अवतार भनेपनि विचरा अरशिद भने हिँडडुल गर्न सक्दैनथे र हि्वलचेयरको सहारा लिनु पथ्र्यो ।

डाक्टरहरुको अनुसार उनलाई स्पाइना बाइफिडियासँग सम्बन्धित मेनिनगोसिल नामको रोग लागेको छ । यसमा मेरुदण्डका हड्डीहरुमा समस्या हुन्छ र हड्डी कमजोर बन्दै जान्छ । अरशिदको चेकजाँचपछि डाक्टरहरुले उनको पुच्छरलाई मेरुदण्डबाट छुट्टाएर फ्याँक्ने निधो गरे । डाक्टरहरुका अनुसार पुच्छरकै कारण उनको मेरुदण्डको हड्डी झनै कमजोर बनिरहेको थियो ।

अरशिदका दाजु इकबाल कुरैसीले भाइको पुच्छर काट्नुअघि आफुलाई केही अनिष्ट हुन्छ की भन्ने डर लागेको भएपनि अरशिदको अवस्था कमजोर बन्दै गएपछि पुच्छर हटाइदिन डाक्टरलाई आग्रह गरेको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment