Comments Add Comment

सरकारको नीति तथा कार्यक्रम आज आउने

२३ असार, काठमाडौं । सरकारले आगामी आवको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्दैछ ।

Neetiराष्ट्रपति डा. रामवरण यादवबाट सरकारको नीति तथा कार्यक्रम व्यवस्थापिका-संसद्मार्फत प्रस्तुत गरिने कार्यक्रम छ । उक्त कार्यक्रमका निम्ति व्यवस्थापिका-संसद्को बैठक अपराहृन ३ बजेका लागि बोलाइएको छ ।

संविधानसँगै शान्ति प्रक्रियाका बाँकी काम पनि तार्किक निष्कर्षमा पुर्‍याउने, मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन दिगो आर्थिक विकासको बाटामा देशलाई अग्रसर तुल्याउने, भूकम्पबाट सिर्जित महाविपत्तिपछि नवनिर्माण, पुनःस्थापना एवम् पुनःनिर्माण, सुशासन प्रवर्द्धन, ऊर्जा विकास र कृषिको आधुनिकीकरणलाई नीति तथा कार्यक्रमले उच्च प्राथमिकतामा राखेको उल्लेख गरिएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले नीति तथा कार्यक्रम अनुमोदन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment