Comments Add Comment

साहिदले तिरे एक रातको ९ लाख

shahid-and-mira
दिल्लीकी मिरा राजपुतसँग विवाह गरेका बलिउडका चकलेटी नायक साहिद कपुरले एक रात सुतेको नौ लाख (भारतीय ६ लाख ) रुपैंया तिरेका छन् । मिरा र साहिदका लागि होटल ओबरायको प्रेसिडेन्सियल सुईट रुम बुक गरिएको थियो ।

२ बेडरुम भएको उक्त कोठा लगभग ५३०० स्क्वायर फिटको छ । यो रुमको सबैभन्दा ठूलो विषेशता यसको ईन्टेरियर मोर्डन आर्टमा आधारित छ ।

गुडगाउँको ट्राईडेण्ड होटलमा विवाहमा आउनेका पाहुनाका लागि भन्दै साहिद परिवारले ५० वटा कोठा बुक गराएका थिए । छतरपुरको फार्म हाउसमा उनीहरुको विवाह भएको थियो भने विवाहमा आएका पाहुनाहरु होटलमा वास बसेका थिए ।

मिरा र साहिदको ७ जुलाईमा विवाह भएको थियो भने १२ जुलाईमा मुम्बईमा रिसेप्सन पार्टी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment