Comments Add Comment

लेहंगा बेचेर समाजसेवा गर्दै ज्याकलिन

jacline-hot-photo
बलिउडमा करिअर बनाउन आएकी श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नाडिस अब लेहंगा बेचेर समाज सेवा गर्ने योजनामा छिन् ।

भविष्यमा एउटा च्यारीटी संस्था स्थापना गर्ने सोचमा रहेकी ज्याकलिनले सुटिङका क्रममा लगाएका आफ्नो डे्रस लिलामी गर्ने भएकी छिन् ।

रेस-२ को किकको गीतमा लगाएको ड्रेसको विषेश मुल्य राख्ने योजनामा रहेकी ज्याकलिनले अनलाईन मार्फल डे्रस लिलामी गर्ने बताएकी छिन् ।

सलमान खान अभिनित किकमा अभिनय गरेपछि चर्चामा आएकी ज्याकलिनको ‘ब्रदर्श’ प्रदर्शनको तयारीमा छ । लुक्सको कारण बलिउडमा ज्याकलिनको विषेश स्थान छ ।

आफ्नो कपडा बेचेर च्यारीटी फण्ड स्थापना गर्नु बलिउडको पुरानो परम्परा हो । यस अघि करिष्मा कपुर, माधुरी दीक्षित लगायतका नायिकाले डे्रस लिलामी गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment