Comments Add Comment

मापदण्डविपरीत सञ्चालित दुई उद्योगमा सिलबन्दी

२३ अासार, मोरङ । मापदण्डविपरीत सञ्चालित विराटनगरका दुई गुट्खा उद्योगमा जिल्ला अनुगमन समितिले सिलबन्दी गरेको छ ।

गोविन्द खतिवडाले सञ्चालन गरेको राधाकृष्ण प्रोडक्स र भवानी बोहराले सञ्चालन गरेको मधु केमिकल कम्पनीमा सिल गरिएको हो । दुवै उद्योगले गुट्खाको खोलमा स्पष्ट देखिने गरी चेतावनी चित्र राखेका छैनन् ।

सुर्तीजन्य पदार्थ उत्पादन गर्दा ९० प्रतिशत हानिकारक चित्र राखिनुपर्ने नियम भए पनि ती दुवै उद्योगले तोकिएको मापदण्ड पूरा नगरेकाले सिल गरिएको हो ।

दुवै उद्योगलाई सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार कारबाही गरिने अनुगमन टोलीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment