Comments Add Comment

कविता -फेसबुकमा ‘भानुभक्त’

महेश आचार्य
भानु, तिमिलाई मैले फेसबुकमा कति खोजे…….
ट्वीटर, इन्स्ट्राग्राम हुदैँ स्काइपमा पनि…….
यु-ट्युवमा तिम्रो भिडियो छैन त !
तिमी पप गीत गाँउछौं ?
बि-वोइङ्ग गछौं कि ?
खै त तिमी ? मेरो सोसल साइटहरुमा ?

तिम्रो सवै फोटो आदी छ नि ! अनि तिमीलाई आदिकवि भन्छौ हामी ।
कविता त बोरिङ्ग भइसक्यो हाम्रा लागि ।
चेलाहरु त…… गुरुकै नाममा राजनिति गर्छन् यहाँ ।
मोतिराम हराम भएको भए,
तिम्रो प्रकाशले हामी कहाँ ब्युझन्थ्यौ र…..!
घाँस काट्नेहरु ‘अपरिचित’ हुन्छन् यहाँ,
उनीहरु त फोहोरी हुन् अरुहरुको लागि कुवा खन्ने…’घाँसीहरु’ !!
अनि,
सुकिलाहरु कहाँ कुवा खन्छन् र…… यहाँ !
उनीहरु त,
जनताको राहत बेच्छन्……..
र,
आफ्नै देशको संविधान मस्यौदा बोकेर प्रभु’ भेट्न जान्छन्

भानु,
तिमी आफ्नैं मौलिक’ रामायण लिएर आउ,
बधुशिक्षा, भक्तमाला, र प्रश्नोत्तर लिएर आउ……
हामी तिम्लाई फेरी पढ्न आतुर छौं,
नेपाली मैलिक साहित्यकोर् आदिकवि ‘ भनेर
नयाँ तरिकामा…… नयाँ जोसमा—!!!

Mahesh-Acharya

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment