Comments Add Comment

‘भविश्यवाणी’ कविता प्रतियोगिता हुने

काठमाडौंमा ‘भविश्यवाणी’ कविता प्रतियोगिता हुने भएको छ । यसका लागि आवेदन खुला भएको छ ।

ड्रिम टिमको आयोजनामा भोलिको भविश्यलाई थिम बनाएर खेलिएका कविताहरुको प्रतिस्पर्धा हुने भएको हो । ३० वर्ष भन्दा कम उमेरका कवि तथा कवियत्रीशरु प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।

सहभागीहरुले अनलाइन तथा अफलाइन माध्यमबाट कविता पठाउन सक्नेछन् । कविता पठाउन १०० रुपैयाँ आवेदन शुल्क तिर्नु पर्नेछ ।

१८ अगष्टसम्म नेपालभित्र वा बाहिर रहेका नेपालीहरु कविता पठाउन सक्नेछन् । १५ सयदेखि २ हजारसम्म कविता प्रतिस्पर्धामा सहभागी हुने आयोजकको अपेक्षा छ ।

त्यसबाट उत्कृष्ट २० छनोट हुनेछ । काठमाडौंमा हुने कार्यक्रममा उनीहरुको कविता बाचन हुनेछ । प्रतियोगितामा पहिलो हुनेले ५० हजार पाउनेछ भने दोस्रोले २५ र तेस्रोले १० हजार पुरस्कार पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment