Comments Add Comment

गजल-निम्तो थियो एक स्वयम्वरमा

एल.पी. लिम्वू ‘प्रदेशीकान्छा’

निम्तो थियो एक स्वयम्वरमा ,
माया गर्थे उसलाई बधाई दिएर आए

पाउनु गुमाउनु वेग्लै कुरा ,
भन्छन माया मर्दैन यो मन सिएर आए

सदा सर्वदा सफलताले चुमोस ,
शुभकामनाको २/४ प्याला पिएर आए

वदलियो मौशम वदलियो दुनिया ,
सम्झनाका हजारौ पलहरु लिएर आए

हास्दा हास्दै रम्दा रम्दै खै के भो,
थाहै बिना अलि अलि मुटु खिएर आए ।

LP-Limbu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment