Comments Add Comment

एक वर्षमा ७५ होटल थपिए, बेड संख्या ३६ हजार नाघ्यो

 Hotel-Indreni-Himalaya-Goushala-3

२ साउन, काठमाडौं । मुलुकभर सञ्चालनमा आएका पर्यटकस्तरीय होटलको संख्या एक हजार ७५ पुगेको छ । यी होटलमा एकै दिन ३६ हजार १ सय ७९ जनाले रात बिताउन सक्छन ।

पर्यटन मन्त्रालयको पुससम्मको तथ्यांकले यस्तो देखाएको हो । जसमध्ये ११८ वटा स्टार होटल छन् भने ९ सय ५७ वटा ननस्टार होटल छन् ।

विगत एक वर्षमा स्टार होटल एउटामात्र थपिएको छ भने नस्टार होटल ४८ वटा थपिएका छन् । यस अवधिमा बेड संख्या एक हजार ६ सय ५६ वटा थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

मन्त्रालयका अनुसार स्टार होटलमा ९ हजार ५ सय ५४ वटा बेडहरु रहेका छन् भने ननस्टार होटलमा २६ हजार ६ सय २५ होटल रहेका छन् । पर्यटकको संख्या उल्लेख्य मात्रामा बढ्न नसके पनि होटलको संख्या भने बढिरहेको छ ।

अहिले मुलुकमा १० वटा पाँचतारे २ वटा चार तारे होटल सञ्चालनमा छन् । हायत रिजेन्सी, सांग्रिला, सोल्टी क्राउन प्लाजा, याक एन्ड यती, अन्नपूर्ण, मल्ल, एभरेष्ट, र्‍याडिसन, फुलवारी र पोखरा ग्रान्ड पाँचतारे होटल हुन् ।

यसैगरी होटल हिमालय र शंकर होटल चार तारे होटल हुन् । भूकम्पपछि पाँचतारे एभरेष्ट र चारतारे शंकर होटलमा रातो स्टिकर टाँसिएको छ ।

एघार वर्षमा पर्यटन विभागमा दर्ता भएका होटलहरु

वर्ष होटल बेड संख्या
२०६१ ९९६ ३९१०७
२०६२ १००६ ३९३८४
२०६३ ६०७ २४२६०
२०६४ ६१७ २४६६०
२०६५ ६६९ २६०६३
२०६६ ७४४ २८४९३
२०६७ ७८९ २९३४२
२०६८ ८२७ ३०७८०
२०६९ ८५३ ३१६५७
२०७० १०२६ ३४५२३
२०७१ १०७५ ३६१७९

 स्रोत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment