Comments Add Comment

माधव नेपालले भने-दिल्ली जाने हल्ला असत्य हो

२ साउन, काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भारत भ्रमणमा जाने हल्ला असत्य रहेको नेता नेपाल आफैंले प्रष्ट पारेका छन् ।

madhav-nepalएमाओवादी अध्यक्ष प्रचण्डलगत्तै एमाले नेता नेपाललाई दिल्ली भ्रमणको निम्तो आएको भनिएकोमा नेपालले आफूलाई भ्रमणको निम्तो नआएको र संविधान निर्माणअघि कतै जाने योजना पनि नरहेको प्रष्ट पारेका हुन् ।

नेपाल निकट एमाले नेताहरुले संविधान जारी हुने पूर्व सन्ध्यामा भारत भ्रमणमा जाँदा राम्रो सन्देश नहुने बताएपछि नेपालले आफ्नो बारे गलत हल्ला चलाइएको बताएको पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडाले बताए ।

खतिवडाले भने- ‘हामीले सोध्दा उहाँले भारत भ्रमणको कुनै योजना नरहेको बताउनुभयो, नाम चलेका लेखकले पनि हावादारी कुरा लेख्दा रहेछन् भन्ने पुष्टि भयो, उहाँलाई हामीले अहिले संविधान निर्माणमा लाग्न सुझाव दिएका छौं ।

यसैबीच कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई पनि भारत सरकारले दिल्ली भ्रमणका निम्ता नदिएको पौडेलको निजी सचिवालयले जनाएको छ । पौडेलको भारत भ्रमणको कुनै कार्यक्रम नरहेको सचिवालयको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment