Comments Add Comment

एमालेको प्रस्ताव- प्रदेशको संख्या घटाऔं, हिमाल-पहाड-तराई जोडौं

३ साउन, काठमाडौं । आठवटा प्रदेशमा सहमति जनाएर संविधानको मस्यौदा बनिसकेको अवस्थामा नेकपा एमालेले प्रदेशहरुको संख्या घटाउनुपर्ने र हिमाल-पहाड र तराईलाई जोड्नुपर्ने सर्कुलर गरेको छ ।

एमालेले संविधानको मस्यौदामाथि सुझाव संकलन गर्ने क्रममा विभिन्न ८ वटा बूँदामा ध्यान दिन जनतासँग आग्रह गर्दै यस्तो सर्कलुर गरेको हो । एमालेको ८ बुँदे सर्कुलरले सुझाव संकलनमा पार्टीको प्रभाव पार्न खोजिएको स्पष्ट हुन्छ ।

UML-Circular

एमालेको सर्कुलरमा भनिएको छ- ‘प्रदेशहरूको सङ्ख्या सकेसम्म कम गर्न र प्रदेशहरू निर्माण गर्दा हिमाल, पहाड र तराई मिलाएर सबै जातजाति, भाषाभाषी र संस्कृतिका जनताको एकता र प्राकृतिक स्रोतको अधिकतम उपयोग गर्न सकिने गरी सीमा निर्धारण गरिनु पर्ने ।’

‘राय सुझाव संकलनमा उठाउनुपर्ने मुख्य विषयहरु’ शीर्षकको सर्कुलरमा एमालेले विभिन्न ८ वटा बूँदा उल्लेख गरेको छ । जसमा नागरिकता वितरण खुकुलो बनाउन नहुने र ३ प्रतिशत मत नल्याउने पार्टीलाई समानुपातिकमा भाग लिन दिन नहुने कुरालाई विशेष जोड दिइएको छ ।

KP-OLI,-Jhalanath-Khanal-anराज्यको उच्च ओहोदामा बंशजको नागरिकले मात्रै सहभागिता जनाउन पाउने प्रावधान ठीक रहेको एमालेले बताएको छ ।
राजनीतिक स्थायित्व प्राप्तिका लागि संविधानमै थ्रेस होल्ड तोकिने गरी सुझाव दिन एमालेले आग्रह गरेको छ । थ्रेस होल्ट लगाउँदा ३ प्रतिशत मतका साथै प्रत्यक्षतर्फ तीन सीट जितेको हुनुपर्ने एमालेको प्रस्ताव छ ।

त्यसैगरी संविधान जारी भएपछि संवैधानिक निकायका पदाधिकारी एवं न्यायाधीशहरुको पुनर्नियुक्ति हुने गरी संविधान बनाउन सुझाव दिनुपर्ने एमालेको आग्रह छ ।

एमालेले प्रदेशहरुको संख्या अझै कम गर्न र हिमाल-पहाड-तराईलाई मिलाएर प्रदेशहरु बनाउनुपर्ने सुझाव जनतासँग मागेको छ ।

स्थानीय सरकारमा वडाअध्यक्षको निर्वाचन प्रत्यक्ष प्रणालीबाटै गरिनुपर्ने एमालेको माग छ ।

संविधानको धारा २६९ मा रहेको संविधान संशोधनसम्बन्धी प्रावधान सही रहेको एमालेको ठहर छ । राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र जनतामा निहित सार्वभौमसत्ता बाहेकका बिषयहरू दुई तिहाई बहुमतले संशोधन गर्न सकिने प्रस्तावित व्यवस्था उचित रहेको एमालेले बताएको छ ।

संविधान निर्माणमा ढिलाइ गर्न नहुने भन्दै एमालेले प्रदेशहरुको नामांकन र सीमांकनको टुंगो लगाएर मात्रै संविधान बनाउनुपर्छ भन्दा संविधान नबन्ने परिस्थिति सिर्जना हुने एमालेको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment