Comments Add Comment

फ्रेस फेसः रंगीन दुनियाँमा रमाउने कल्पनाको रहर

Kalpana Dahal (7)मोडलिङको आकर्षणमा झुम्मिने युवतीको जमात सानो छैन । नाम र दामका लागि उर्वर बन्दैछ नेपाली मोडलिङ । त्यही कारण हुनसक्छ युवतीहरुको आकर्षण लोभ लाग्दो पाराले यस क्षेत्रमा बढीरहेको छ ।

पूर्वको शहर ईटहरीमा बस्दै आएकी कल्पना दाहाल मोडलिङमा जम्ने तयारीमा छिन् । उनी पेशाले एमआर हुन् । साथीभाईको सल्लाहमा मोडलिङ सुरु गरेकी कल्पना अब यसैलाई पेशा बनाउने सोचमा छिन् ।

‘मोडलिङमा लागेर भविष्य बनाउनेहरु देखेकी छु । अब म पनि रंगीन दुनियामा रमाएर करिअर चम्काउन चाहन्छु ।’ फ्रेस फेस स्तम्भ अन्र्तगत अनलाइनखबरसँग कुरा गर्दै कल्पनाले भनिन् ।

Kalpana Dahal (6)

सुरुमा रहरले मोडलिङ गरेको भन्ने कल्पना अब यसैलाई पेशा बनाउने तयारीमा छिन् । लोक, आधुनिक सबै खालका गीतमा मोडलिङ गरिसकेकी छिन् कल्पनाले । मोडलिङमा मात्रै सिमित हुने उनको सोच छैन । भन्छिन्-‘राम्रो भुमिका आयो भने चलचित्रमा पनि अभिनय गर्छु ।’

त्यसो त केही चलचित्रवाट उनलाई प्रस्ताब पनि आएका थिए । तर, जस्तो पायो त्यस्तै चलचित्रमा काम नगर्ने उनको मान्यता छ । उनको भनाई अनुसार हरेक चलचित्रले समाजका लागि केही न केही दिएकै हुनुपर्छ ।’

नेपाली चलचित्रप्रति राम्रै झुकाब राख्ने कल्पनाले नेपाली चलचित्रमा गुणस्तरको बहस हुँदै गरेको बुझेकी छिन् । उनलाई लाग्छ ‘अब नेपालमा स्तरीय चलचित्र बन्छ ।’

एक पटक उनी मिस पूर्वाञ्चलमा सहभागी भएकी थिईन् ? उपाधि के पाउनुभयो त ? अनलाईनखबरको प्रश्नमा उनले भनिन्-‘म उपाधिका लागि भन्दा पनि अनुभवका लागि कार्यक्रममा सहभागी भएकी थिएँ ।’

Kalpana Dahal (1)

Kalpana Dahal (2)

Kalpana Dahal (3)

Kalpana Dahal (4)

Kalpana Dahal (5)

Kalpana Dahal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment