Comments Add Comment

टाउकोमा लात्ताले हानेर नेपाली युवाले राखे विश्व कीर्तिमान (भिडियोसहित)

puskar-nepal-kicks-to-the-head-guinnessworldrecords-header_tcm25-387546एकजना नेपाली युवाले आफ्नै खुट्टाले आफ्नो टाउकोमा हिर्काएर विश्वकिर्तिमान कायम गरेका छन् । १ मिनेटमा १ सय ३४ पटक खुट्टाले टाउकोमा हिर्काएर पुष्कर नेपालले विश्वकिर्तिमान कायम गरेका गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले जनाएकेा छ ।

काठमाण्डौको कान्तिपुर सिटी कलेजमा गएको डिसेम्बर आयोजित कार्यक्रममा उनले यस्तो अद्वितीय क्षमता प्रदर्शन गरेका हुन् र त्यसलाई गिनिज बुकले हालैमात्र विश्वकिर्तिमानको मान्यता प्रदान गरेको हो ।

त्यस क्रममा उनले आफ्नो जिउको कम्मर माथिको भागलाई ९० डिग्रीमा मोडे र उफ्रिएर दुबै खुट्टाले लगातार आफ्नो निधारमा हानिरहे ।

puskar-nepal-kicks-to-the-head-guinnessworldrecords-portrait_tcm25-387604

यसअघि यो किर्तिमान अमेरिकाको जेएल लेन्डेकरको नाममा थियो । उनले सन् २०१३ मा १ सय २७ पटक खुट्टाले टाउकोमा हिर्काएर किर्तिमान कायम गरेका थिए ।
विश्वकिर्तिमान कायम गरेपछि खुसी हुँदै पुष्करले गिनिज वल्र्ड रेकर्डस्का अधिकारीसँग विश्व किर्तिमान भंग गर्नु आफ्नो सधैको सपना रहेको भन्दै उनले आफुले गाउँका गरीब मानिसहरुका लागि केही योगदान गर्न चाहेको बताए ।

आफुले अरु थप विश्वरेकर्ड कायम गर्न चाहेको भन्दै उनले आफ्नो किर्तिमानले आफ्नो देश, बुद्धको जन्मस्थललाई विश्वभर चिनाउन सहयोग पूराउने दाबी गरे ।
आफुले आफ्नो जिवनमा १ सय विश्व रेकर्ड कायम गर्ने उनको अठोट रहेको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment