Comments Add Comment

याहुले ल्यायो नयाँ मेसेजिङ एप

duckface

याहु मेसेन्जर सर्भिस असफल भएसँगै इन्टरनेट जाएन्ट याहुले एक नयाँ मेसेजिङ एप सार्वजनिक गरेको छ ।

ह्यांगआउट, फेसबुक मेसेन्जर तथा वाट्सएप जस्ता फ्रि मेसेजिङ एपको बोलवाला सँगै याहुको मेसेन्जर सेवालाई प्रयोगकर्ताले भुलेका थिए । मेसेन्जरबाट बाहिरिएका आफ्ना पूराना प्रयोगकर्तालाई घरमै फर्काउनका लागि याहुले लाइभटेक्स्ट नामक नयाँ मेसेजिङ एप ल्याएको हो ।

यो एपबाट प्रयोगकर्ताले टेक्स्ट मेसेजको साथमा आफ्नो अनुहारको तस्वीर पनि पठाउन सक्नेछन् । यहीँ फिचरका कारण यो एपलाई साइलेन्ट भिडियो एप भन्न सकिन्छ । भाइबर, फेसटाइम तथा स्काइपी जस्तै लाइभ टेक्स्टले भिडियो कलिङ सपोर्ट गर्दैन ।

याहुले पहिलो चरणमा एप्पलका आइओएस प्रयोगकर्ताका लागि यो एप सार्वजनिक गरेको छ । गएको जुलाई ११ मा हंगकंगमा यो एप याहुले लन्च गरेको हो । एन्ड्रोइड प्रयोगकर्ताका लागि यो एप कहिले सार्वजनिक हुने भन्नेबारेमा भने खुलाइएको छैन ।

याहुकी सिइओ भनेकी छिन्, ‘कुरियर मेल देखि लिएर टेलिफोन तथा टेक्स्ट मेसेजिङ सम्म हामी सधै केही नयाँ कुराको खोजिरहेका हुन्छौँ । साथीहरुसँग जोडिनका लागि बढि सजिलो तरिका खोजिरहेका हुन्छौँ । याहुले विस्तारै आफ्नो मोबाइल मेसेन्जर एपलाई अपडेट गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment