Comments Add Comment

हिन्दूका नाममा राप्रपा नेपालको ताण्डव ! (फोटो फिचर)

५ साउन, काठमाडौं । नयाँ संविधानको पहिलो मस्यौदामा सुझाव संकलन गर्न बसन्तपुर क्षेत्रमा कार्यक्रम आयोजना गरिएको थियो । आफूलाई प्रजातन्त्रवादी बताउने राप्रपा नेपालका नेता कार्यकर्ताले त्यहाँ ताण्डव प्रदर्शन गरे ।

RPP Nepal Protest At basantapur (2)

सभासद नविन्द्रराज जोशी, राधेश्याम अधिकारी लगायत मस्यौदा लिएर सुझाव लिन तयार थिए । जनताको पनि उलेख्य सहभागिता थियो ।

त्यही बेला एक हुल मानिस राप्रपा नेपालको झण्डा बोकेर आए । सुरुमा प्रहरीले रोकेको थियो । तर, उनीहरु कार्यक्रम हलमा प्रवेश गरे ।

कार्यक्रम सुरु गर्दै सभासद जोशीले बोल्न मात्र के सुरु गरेका थिए, राप्रपा नेपालका कार्यकर्ताले ‘हिन्दु राष्ट्र कायम गर’ माग गर्दै नाराबाजी गरे ।

RPP Nepal Protest At basantapur (5)

नाराबाजीका बीच राप्रपा नेपालका एक कार्यकर्ताले प्लास्टिकको कुर्सी उचालेर हान्न खोजे । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नु पर्‍यो र केही बल कार्यक्रम हल तनावग्रस्त भयो ।

कार्यक्रममा सहभागीहरुले पनि हिन्दु राष्ट्र वा धार्मिक स्वतन्त्रताकै पक्षमा सुझाव दिँदै आएको भए पनि राप्रपा नेपालका कार्यकर्ताले हिन्दु धर्मको नाम लिएर ‘मण्डले’ व्यवहार प्रदर्शन गरे ।

RPP Nepal Protest At basantapur (6)

आन्दोलनकारी र प्रहरीबीच झडपसँगै राप्रपा नेपालका कार्यकर्ताले सभासदलाई कुर्सी हान्ने प्रयास गरे । सभासदलाई प्रहार गर्न खोज्ने युवालाई पक्राउ गर्ने र बचाउने प्रयासमा केहीबेर छिनाझप्टी नै चल्यो । युवकको टिसर्ट च्यातियो । अन्ततः प्रहरी उनलाई नियन्त्रणमा लिन सफल भयो ।

RPP Nepal Protest At basantapur (11)

राप्रपा नेपालका कार्यकर्ताले विरोधका नाममा वितण्डता मच्चाएको भन्दै कार्यक्रममा सहभागी महिला तथा युवाले आक्रोश पोखेका थिए ।

RPP Nepal Protest At basantapur (1) RPP Nepal Protest At basantapur (9) RPP Nepal Protest At basantapur (10) RPP Nepal Protest At basantapur (12)

तस्वीरः प्रवीण महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment