Comments Add Comment

गोमा एयरले दाङको भाडा घटायोे

Goma-Air
६ साउन, घोराही । गोमा एयरले दाङ-काठमाडौं उडानको भाडादर घटाएको छ । यसअघि एकतर्फी भाडा ७ हजार ९ सय ९० रुपैयाँ लिँदै आएकोमा बुधवारदेखि अगि्रम बुकिङ गर्ने यात्रुलाई ७ हजार रुपैयाँमा यात्रा गराउने गोमाले जनाएको छ ।

अन्य यात्रुलाई भने ७ हजार ४ सय रुपैयाँ भाडा कायम गरिएको छ । गोमा यएरले दाङ उडान शुरु गरेको झण्डै २ महिना पछि तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा भाडा घटाइएको हो । संघकै पहलमा गोमा एयरले हप्तामा २ दिन सोमबार र बिहीबार काठमाडौंबाट दाङ उडान भरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment