Comments Add Comment

जियोनिले ल्याउँदैछ बजेट स्मार्टफोन

६ साउन, काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता जियोनीले नेपाली बजारमा नयाँ स्मार्टफोन भित्राउने भएको छ । कम्पनीले मध्यम वर्गीय उपभोक्तालाई लक्षित गर्दै ‘जियोनी पयोनियर पी २ एम’ स्मार्टफोन भित्राउन लागेको हो ।

चार इञ्चको डिस्प्ले भएको पी २ एमको नेपाली बजारमा ९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । डबल सीम लाग्ने यो स्मार्टफोन कम्प्याक्ट डिजाइनमा उपलब्ध छ ।

GioneePioneer-P2M

यसमा ३००० एमएएच क्षमताको ठुलो ब्याट्री रहेको छ, जुन यो मूल्यमा पाइने अन्य ब्रान्डमा उपलब्ध छैन । फोनमा रहेको एक्स्ट्रिम पावर सेभिङ मोडले एकदमै कम ब्याट्रीमा पनि फोनलाई चलाउन सकिन्छ ।

स्मार्टफोनमा १६ जीबी इन्टरनल स्टोरेज क्यापासिटी छ, जसलाई मेमोरी कार्डको माध्यमबाट ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसमा १.३ गिगाहर्जको क्वाड कोर प्रोसेर, १ जीबी र्‍याम, ५ मेगा पिक्सेल रियर क्यामेरा र ०.३ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा लगायतका सुविधा छन् ।

यसैगरी एन्ड्रोइड ५.१ ललिपपमा आधारित अमिगो ३.० अपरेटिङ सिस्टममा यो मोबाइल चल्छ । कमिलियन जस्ता जियोनीकै एक्सक्लूसिभ एप पनि यसमा रहेको छ ।

जियोनीका प्रमुख विलियमलुले असारमा नेपाल आउँदा भने अनुसार कम्पनीले नेपाली बजारमा पि्रमियम प्रयोगकर्ता लक्षित मोडेलहरुसँगै बजेट मोडेलहरुमा पनि जोड दिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment