Comments Add Comment

महिला र बालबालिका हराउने क्रम दोब्बर बढ्यो

आरपी सुवेदी
७ साउन, नेपालगन्ज । विगत पाँच बर्षको अवधिमा महिला र बालबालिकाहरु हराउने क्रम दोब्बरले बढेको छ । तर, सरकारको स्पष्ट नीति नहुँदा खोजी र उद्धारमा थोरै मात्रै सफलता मिलेको छ ।

Maiti-Nepal

चालु अर्थिक वर्षको अन्त्यमा माईती नेपाल नेपालगन्जले जोखिमपूर्ण यात्रामा रहेका ५ सय ९ जनालाई नेपाल-भारत सीमानाकाबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ ।

संख्या बढ्दो

सीमानाकाबाट उद्धार गरिएकाहरुको संख्या ०६७/६८ देखि ०७१/७२ सम्म आइपुग्दा दोब्बर भन्दा धेरै छ ।

आर्थिक वर्ष ०६७/६८ मा २ सय १४ जनालाई उद्धार गरिएको थियो भने ०७१/७२ को असार मसान्तसम्म यो संख्या ५०९ पुगेको माईती नेपालका क्षेत्रीय संयोजक केशव कोईरालाले जानकारी दिए ।

संयोजक कोईरालाले भने, ‘यो क्रम बढ्दो छ । आर्थिक वर्ष ०६७/६८ मा २ सय १४ जना ०६८/६९ मा २ सय ४५ जना, ०६९/७० मा ३ सय ४५, ०७०/७१ मा ४ सय ४ र ०७१/७२ को असार मसान्तसम्म ५ सय ९ जनालाई आवधिक गृहमा प्रवेश गराई काउन्सिलिङ गरी अभिभावकको जिम्मा लगाइएको छ ।’

कोइरालाका अनुसार गत बैशाखको विनाशकारी भूकम्पपछि जोखियुक्त यात्रामा रहेका महिला तथा बालबालिकाहरुको संख्या अधिक छ ।

उनले यस आर्थिक वर्षको अन्त्यमा ५ सय ३ जनालाई मानब बेचबिखन र सुरक्षित बसाईँ सराईंबारे जानकारी दिइ पारिवारिक पुनरमिलन गराइएको जानकारी दिए । माईती नेपाल नेपालगन्जले पछिल्लो ५ वर्षमा १ हजार ७ सय १७ जनालाई मानब बेचबिखन र सुरक्षीत बसाईं सराईंबारे जानकारी दिइ परिवारका सदस्यहरुसँग पुनरमिलन गराएको छ ।

क्षेत्रीय संयोजक कोईरालाले दिएको जानकारी अनुसार यस वर्ष श्रम र यौन शोषणमा परेका २० जनालाई उद्धार गरिएको छ । ८८ जना विगत ५ वर्षयता यस्ता समस्यामा रहेकालाई उद्दार गरिएको तथ्यांक छ ।

नीति अभाव

उनले राज्यको यस्ता पिवदमा परकालाई उद्दार गर्ने संयन्त्र र ठोस नीति नहुँदा आफूहरुलाई काम गर्न कठिन भएको बताए । उनले सबैभन्दा जटिल समस्या भने खोजतलासको लागि निबेदनको चाङ थपिएको थपिएै भएपनि फेला पर्नेको संख्या अत्यन्तै न्यून रहेको बताए ।

विगत ५ वर्ष यता माईती नेपाल नेपालगन्जमा १ हजार ८ सय १५ जना महिला तथा बालिकाको खोजतलासको निवेदन परे पनि १ सय ४८ जना मात्र फेला परेको तथ्यांक छ । यो असार मसान्तमा खोजतलासको लागि ३ सय ७३ निबेदन परे पनि ४० जना मात्रै फेला परेका छन् ।

घरेलु हिंसाका घटना २५, समाधान २१, बेचबिखनका मुद्दा ७ र बलात्कारका घटना ३ रहेको माइती नेपाल नेपालगन्जको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment