Comments Add Comment

हुन्डाइको ‘आइ २० इलाइट’ र ‘एक्टिभ आइ २०’ नेपाली बजारमा

Hyundai (2)

७ साउन, काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाइले ‘इलाइट आई २०’ र ‘आई २० एक्टिभ’ नेपाली बजारमा भित्राएको छ । नेपाली बिक्रेता लक्ष्मी हुन्डाइले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गरी दुबै गाडी सार्वजनिक गरेको छ ।

कारका पारखी तथा स्टाइलमा विश्वास गर्ने उपभोक्तालाई यी गाडीले अभुतपूर्व सन्तुष्टी प्रदान गर्ने कम्पनीको दाबी छ । भारतीय बजारमा दुबै मोडललाई अत्याधिक रुचाइएको छ । नेपालका मध्यमवर्गीय परिवारलाई लक्षित गर्दै नयाँ मोडल भित्राएको कम्पनीले जनाएको छ ।

यसअघि बजारमा आएको हुन्डाइ ‘आई १०’, ‘ग्रान्ड आई १०’ र ‘आई २०’ नेपाली उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएका थिए । नयाँ मोडलले पनि उपभोक्ताको मन जित्न सफल हुने कम्पनीले विश्वास छ ।

इलाइट आइ २०

Hyundai lunch new model (5)

जर्मनीको रुसलसेमस्थित हुन्डाइ मोटर्स डिजाइन सेन्टरमा इलाइट आइ २० डिजाइन गरिएको हो । त्यसैले यसको बाह्य र भित्रि बनावट निकै आकर्षक रहेको छ ।
भारतीय बजारमा सन् २०१४ अगष्ट १ तारिखमा सार्वजनिक गरिएको यो गाडी ११ महिनामा १ लाख युनिट बिक्री भएको थियो । भारतीय बजारमा यसले सर्वाधिक सफलता पाएको कम्पनीले बताएको छ ।

इलाइट आइ २० स्पोर्टी लुक्समा उपलब्ध छ । यो प्रिमियम ह्याचब्याक कार हो । आकर्षक स्पोर्टी आवरणयुक्त यो गाडी सुन्दर रङहरु तथा परिष्कृत डिजाइनमा निर्माण गरिएको छ ।

यसमा १२ सय सीसीको कापा डुअल भीटीभीटी पेट्रोल इञ्जिन जडान गरिएको छ । गाडीमा अगाडी तथा पछाडी एसी जडान रिएको छ । यसमा यात्रा गर्ने यात्रुहरुले विलासीताको अनुभुती गर्ने बताइएको छ ।

यसमा अटोमेटिक हेडल्याम्प राखिएको छ । जुन लाइट अँध्यारोमा गाडी पार्किङ गरेपछि अटोमेटिक ३० सेकेन्डसम्म बल्छ । यसले सवारी चालकलाई अँध्यारोमा हिँड्नका लागी सहज बनाउने छ ।Hyundai (1)

गाडीमा अटोमेटिक मिरर छ । जुन पार्किङ गर्दा लक भएर बसेको हुन्छ । चालक तथा यात्रु गाडी नजिक जाँदा अटोमेटिक खुल्छ । मिररले मानिसलाई स्वागत गरेको अनुभूती दिलाउँछ ।

इलाइट आइ २० को विन्डोमा सेन्सर जडान गरिएको छ । यसका साथै गाडीमा पार्किङ सेन्सर, स्टेरिङ गाइड लाइन, अँध्यारोमा स्टेरिङ पुरै घुमाउँदा छेउको लाइट बाल्न मिल्ने, सुरक्षाका लागि २ वटा एयरब्याग राखिएको छ । गाडीको डोरमा अटो लक अनलक सुविधा छ ।

यसमा उच्चस्तरको म्यूजिक सिष्टम जडान गरिएको छ । जसमा चारवटा स्पीकर र चारवटा ट्वीटर राखिएको छ । गाडीमा मल्टी फंसन स्टेरिङ रहेको छ । जसबाट भोल्यूम बढाउन घटाउन, गीत सार्न, बन्द गर्न सकिन्छ ।

गाडीमा यात्रुको आरामदायीतालाई विशेष ध्यानमा राखिएको छ । यो गाडी भारतमा सार्वजनिक गरेको २० दिनमा १५ हजार ३ सय बुकिङसहित ७९ हजार २ सय बढी ग्राहकबाट सोधपुछ भएको थियो ।

भिडियो हेर्नुहोस्

आइ २० इलाइट हुन्डाइका उत्पदनमध्येमा सबैभन्दा बढी बुकिङ हुने कार हो । यो कार सन् २०१४ मा भारतीय बजारमा १ लाख ५ हजार थान बिक्री भएको थियो । यती संख्यामा अहिलेसम्म कुनै ब्रान्डको गाडी बिक्री भएको छैन ।

इलाइट आइ २० सात कलरमा उपलब्ध छ । नेपाली बजारमा यसको मूल्य २७ लाख ९६ हजार रुपैयाँदेखि ३३ लाख ९६ हजार रुपैयाँसम्म पर्छ । इलाइट आइ २० इराको मूल्य २७ लाख ९६ हजार, मेगनाको २९ लाख ९६ हजार, स्पोर्टज् ३२ लाख ५६ हजार र आस्ता ३३ लाख ९६ हजार रुपैयाँ पर्छ ।

आइ २० एक्टिभा

आइ २० एक्टिभा पनि प्रिमियम ह्याचब्याक कार हो । आकर्षक डिजाइनमा रहेको यो कार पेट्रोल (१.२ लि.) र डिजेल (१.४ लि.) इञ्जिनमा उपलब्ध छ । पेट्रोलमा ५ स्पीड म्यानुअल गियर छ भने डिजेलमा ६ स्पीड म्यानुअल गियर छ ।

Hyundai (3)

यसमा अगाडि पछाडि एसी जडान गरिएको छ । बाह्य तथा आन्तरिक डिजाइनमा विशेष ध्यान दिइएको यो गाडी कार पारखीका लागि वरदान सावित हुने कम्पनीको दाबी छ ।

स्पोर्टी लुक्समा रहेको आइ २० एक्टिभमा हाइटेक हेडल्याम्प जडान गरिएको छ । हेडल्याम्पमा अटो लाइट फङ्सन छ, जुन अँध्यारोमा अटोमेटिक बल्छ । यसले अँध्यारोमा गाडी पार्किङ गरेर हिँड्न सहज बनाउने छ ।

यसमा अटो फेल्डेवल इलेक्ट्रिक मिरर रहेको छ । युनिक डिजाइ टेल ल्याम्प, दुईवटा एयरब्याग, स्टेरिङ एडप्टिभ पार्किङ गाइडलाइन्स, रिभर्स पार्किङ सेन्सर्स, हेडल्याम्प स्कोर्ट फङ्सन, स्मार्टपेडल, एन्टी लक ब्रेकिङ सिष्टम (एबीएस), मल्टी फङ्सन स्टेरिङ, एडभान्स म्यूजीक सिष्टम (८ स्पीकर) लगायतका सुविधाहरु रहेका छन् ।

Hyundai lunch new model (3)

यो कार राजमार्गमा चलाउन उपयुक्त रहेको कम्पनीले जनाएको छ । ‘हुन्डाइले आफ्ना ग्राहकलाई सधै उच्च स्थानमा राखेको छ’ लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले भने– ‘विश्वप्रसिद्ध प्रविधिका माध्यमबाट विकसित आइ २० एक्टिभले नयाँपन र आधुनिक प्रविधि चाहने उपभोक्तालाई सन्तुष्टी प्रदान गर्ने छ ।’

आइ २० एक्टिभाको मूल्य नेपाली बजारमा ३२ लाख ५६ हजारबाट सुरु भएर ४३ लाख ५६ हजार रुपैयाँसम्म पर्छ । पाँच भेरियन्टमा उपलब्ध आइ २० एक्टिभा एक्स डिजेलको ४३ लाख ५६ हजार, एस डिजेलको ४० लाख ५६ हजार, बेस डिजेलको ३७ लाख ५६ हजार, एस (पी)को ३५ लाख ५६ हजार र बेस (पी)को ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

Hyundai lunch new model (4)

पोखरामा पनि सार्वजनिक

यसैबीच लक्ष्मी हुन्डाइले पोखरामा पनि एक साथ दुबै कार सार्वजनिक गरेको छ । कम्पनीको गण्डकी र धौलागिरी अञ्चलका लागि आधिकारिक बिक्रेता एलआई मोटर्सले नयाँ मोडल पोखरामा भित्राएको हो ।

दुबै कारको बिक्री सुभारम्भको अवसर पारेर पोखरामा छुट योजना घोषणा गरिएको छ । इलाइट आई २० खरिदमा १ लाख ५० हजार रुपैयाँ र आई २० एक्टिभ पेट्रोलबाट चल्ने कारमा १ लाख ७५ हजार रुपैयाँ र डिजेलबाट चल्ने कारमा २ लाख रुपैयाँ छुट दिइएको सेल्स अप्रेटिङ इञ्चार्ज भीमसिंह खत्रीले जानकारी दिए ।

Hyundai (4)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment