Comments Add Comment

टाटा गाडी ४८ घण्टाभित्र नबनेमा प्रतिदिन ११ सय क्षतिपूर्ति

Sipardi 48 hours Express Sewa

७ साउन, काठमाडौं । टाटा गाडीको नेपाली बिक्रेता सिप्रदी टे«डिङ प्रालिले दुई वर्ष अगाडि सञ्चालनमा ल्याएको ‘सिप्रदी एक्सप्रेस’ सेवा ४८ घण्टामा झारेको छ । कम्पनीले ग्राहकको अमूल्य समयको कदर गर्दै असार ३१ गतेदेखि ४८ घण्टे एक्सप्रेस सेवा सञ्चालनमा ल्याएको हो ।

यस सेवा अन्तर्गत कम्पनीले ४८ घण्टाभित्र गाडी नबनेमा प्रतिदिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति प्रदान गर्ने छ । यसअघि कम्पनीले ७२ घण्टाभित्र गाडी नबनेमा प्रतिदिन ११ सय रुपैयाँका दरले क्षतिपूर्ति दिँदै आएको थियो ।

राजधानीमा टाटा मोर्टसका क्षेत्रीय प्रवन्धक अंशुमान सामन्त र सिप्रदीका प्रमूख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले यो योजना शुभारम्भ गरे ।

Sipardi 48 hours Express Sewa 2

टाटा ट्रक समूहका LPT2515/LPT2516/LPT2518/LPT 3118/ 1613, बस समूहमा LP 1512 तथा टाटा एस समूहका ACEHT/EX/ACEMAGIC/SUPER ACE मोडलका गाडीहरुमा यो योजना लागू हुनेछ ।

पृथ्वी राजमार्ग, महेन्द्र राजमार्ग तथा काठमाडौ, विराटनगर, धरान, वीरगंज, जनकपुर, भैरहवा, दाङ्ग, नेपालगञ्ज र धनगढीका सडक खण्डमा गाडिमा कुनै समस्या भएमा सिप्रदीको मोवाइल सर्भिस भ्यान त्यही स्थानमा नै पुगेर सेवा प्रदान गर्ने व्यवस्था पनि रहेको छ ।

त्यस अवसरमा सिप्रदीका प्रमूख सञ्चालक अधिकृति राजनबाबु श्रेष्ठले आगामी दिनमा अन्य मोडेलका गाडीहरुलाई पनि यस योजनामा समावेश गराई समय अवधिलाई अझै कम गर्दै लैजाने प्रतिवद्घता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment