Comments Add Comment

राप्रपा नेपालका सभासदले भने-हामीलाई लाठी हान्दा सरकार हाँसेर बस्यो

Samsad-Sankalpa 650

७ साउन, काठमाडौं । संविधानको पहिलो मस्यौदाको जनमत संकलनका क्रममा विरोध गर्दा आफ्ना सभासद तथा नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै राप्रपा नेपालले विरोध गरेको छ ।

व्यवस्थापिका संसदको बिहीबारको बैठक सुरु हुनासाथ राप्रपा राप्रपा नेपालका सभासदहरुले उठेर विरोध गरे । लगतै सभामुख सुवास नेम्बाङले राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीलाई समय दिए ।

गिरीले राप्रपा नेपालले प्रहरी प्रशासन र गुण्डा प्रयोग गरेर आफ्ना सभासदमाथि आक्रमण भएको आरोप लगाए ।

हेटौंडामा सभासद गणेश थापा लगायतमाथि प्रहरी र गुण्डाहरुले सांघातिक हमला गरेको र १३ टाँका लगाउनुपरेको भन्दै घटनाबारे सरकारले प्रष्ट जानकारी दिनुपर्ने बताए । ‘हामीलाई लाठी हान्दा हाँसेको बसेको छ’ गिरीले भने-‘फरक मत राख्नेले बाँच्न पाउने अधिकार छ कि छैन ?’

उनले गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिए सदन चल्न नदिने चेतावनी दिए ।

लगतै सभामुख नेम्वाङले संसदको अर्को बैठकमा जवाफ दिन गहृमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संसद बैठक अवरुद्ध पार्ने गरि संसद भवन पुगेका राप्रपा नेपालका सभासदहरु सभामुखको रुलिङपछि चुप लागेर बैठकमा बसेका छन् ।

बैठकमा संसदको महिला वालवालिका समितिकी सभापति रन्जु कुमारी झाले राष्ट्रिय युवा परिषद विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७२ पेश गरेपछि बैठक अन्त्य भयो ।

संसदको अर्को बैठक साउन १० गते बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment