Comments Add Comment

गन्हाउने जुत्ताबाट सेनालाई छुटकारा !

sena jutta

६६ वर्षदेखि सेनाले लगाउँदा आएको हरियो रङका खाइका ‘मुक्ति जुत्ता’ बदलिने भएका छन् । जुत्ता बदलिएसँगै सेनाले जुत्ताका कारण खप्दै आएको दुर्गन्ध बाट समेत मुक्ति पाउने भएका छन् । सरकारले सेनाका लागि क्रान्तिको प्रतिकको रुपमा रहेका हरियो रङका ‘लिवरेसन शू’ साटो नयाँ स्टाइलका जुत्ता ल्याइने भएको छ ।

समाचार हो चीनको । चिनिया सेनाको पुलिस शाखा योद्धाहरुको लागि अब पूराना मुक्ति जुत्ताको साटो नयाँ स्टाइलका काला तालिमे जुत्ता फेरिदिने निर्णय चीन सरकारले गरेको छ ।

सन् १९४९ मा चीनमा भएको गृहयुद्धमा माओको नेतृत्वको कम्युनिष्ट पार्टीले जित हासिल गरेसँगै जनमुक्ति सेनाले लगाउने हरियो रङका खाइ जुत्ता अर्थात् लिबरेसन शू प्रचलनमा आएको थियो ।

क्रान्तिको गाथासँग गाँसिएको गौरवशाली इतिहास भएको यी जुत्ता लगाउनु चिनिया जनमुक्ति सेनाका कर्मचारीको लागि गौरवकै विषय भएपनि खाइको जुत्ता लगाउँदा निकै दुर्गन्ध आउने हुनाले सेनाहरु पीडित हुने गरेका छन् ।

तर क्रान्तिको वर्ष देखिसकेको यो हरियो जुत्ताको साटो अब कालो जुत्ता प्रयोगमा ल्याइने र त्यसबाट कम गन्ध आउने पिएलएको वेबसाइटले जनाएको छ ।

सैनिकहरुलाई तालिमको समयमा त पूरानो कपडाको हरियो जुत्ताको साटो कम्ब्याट बुट दिन थालिसकिएको छ ।

चीनको सार्वजनिक सुरक्षा व्युरो तथा पिएलएको अर्धसैनिक शाखाका करीब १ लाख ८० हजार सैनिक तथा अधिकारीहरुसँग नयाँ कालो तालिमे जुत्ताको विषयमा राय मागिएको थियो ।

नयाँ कालो जुत्ताको डिजाइनर रहेका सैन्य पुलिस अधिकारी जियांगडोंगका अनुसार यो जुत्ता ब्याक्टेरिया, ढुसी तथा गन्ध प्रतिरोधी छ ।

नयाँ जुत्ता सैन्य पुलिसका अन्य सदस्यले पनि मन पराएका छन् । उनीहरुले सेनाको वेबसाइटमा नयाँ जुत्ताको बारेमा टिप्पणी गर्दै यो हल्का भएको र नयाँ जुत्ता लगाउन थालेपछि सैनिक होस्टेलको नियमित दुर्गन्धबाट मुक्ति पाइएको बताएका छन् ।

हरियो रङको खाइको जुत्ता प्रयोग गर्ने चिनिया जनमुक्ति सेनाको संख्या अहिलेपनि धेरै छ । तर यो पानीमा सजिलै भिज्ने तथा हिलो तथा माटो समेत सजिलै जुत्ताभित्र छिरेर दुर्गन्धित हुने खतरा बढि हुन्छ । त्यसैले सेनाहरुले यो जुत्तालाई मन पराइरहेका छैनन् ।

स्मरण रहोस् पूरानो जुत्ताको प्रतिस्थापन गरेर सेनालाई नयाँ जुत्ता दिने चिनिया जनमुक्ति सेनाको यो कदम चीनको प्रतिरक्षा आधुनिकिकरणको एक भाग मात्र हो । चीनले प्रतिरक्षा आधुनिकिकरणका लागि यो वर्षको आफ्नो सैन्य बजेटमा १० प्रतिशतले बढोत्तरी गर्दैछ ।- बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment