Comments Add Comment

पार्कमा फक्रियो विश्वकै सबैभन्दा ठूलो लास फूल, हेर्नेको घुइँचो

titanarumflowerafp

विश्वको सबैभन्दा ठूलो फूल कत्रो होला ? २ मिटर अर्थात् साढे ६ फिट अग्लो फूल ५ वर्षपछि फुलवारीमा फुलेपछि हेर्ने मानिसहरुको घुइँचो लागेको छ ।

जापानको राजधानी टोकियोको चोफु सहरस्थित जिन्दाइ बोटानिकल गार्डेनमा यो फूल फुलेको हो । टाइटन आरुम नामक विश्वकै सबैभन्दा पूरानो प्रजातिको यो फूल हेर्न आउने आगन्तुकको संख्या चुलिएपछि फुलवारी प्रशासनले फुलवारी खुल्ला रहने समय बढाएको क्योदो न्यूज एजेन्सीले जनाएको छ । यो फूल १-२ दिनमात्र फुल्ने भएकाले मानिसहरु त्यसलाई हेर्नका लागि एकैचोटि ओइरिएका हुन् ।

लिास फूल समेत भनेर चिनिने यो फूलको निकै तिक्ष्ण गन्ध आउँछ । कुहेको मासुकै जस्तो गन्ध आउने भएकाले यसलाई लास फूल भनिएको हो । यहीँ गन्धका कारण झिँगा लगायतका किराहरु यो फूलतर्फ आकषिर्त हुने र ती किराहरुबाटै फूलको परागसेचन हुने गर्छ ।

jinadiqueueafp 2
इण्डोनेसियाको पश्चिम सुमात्राको जंगल मूल थलो रहेको यो फूल प्राकृतिक वातावरणमा मुख्यतया १२० देखि ३६५ मिटरको उचाइसम्मका भिराला डाँडाहरुमा फुल्ने गर्छ । पछिल्लो समयमा बढ्दै गएको तिव्र वनविनाशका कारण यो फूलको अस्तित्व नै संकटमा परेको छ । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघले यो फूललाई खतरामा परेको प्रजातिको सूचिमा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment