Comments Add Comment

लेनोभो ल्यापटपमा २ वर्षको वारेन्टी

८ साउन, काठमाडौं । लेनोभो ल्यापटप खरिद गर्दा दुई वर्षको वारेन्टी पाइने भएको छ । लेनोभोको नेपालका लागि आधिकारिक बिक्रेता मेगाटेक ग्रुपले यस्तो अफर ल्याएको छ ।

यसभन्दा अगाडि लेनोभो ल्यापटपमा एक वर्षको मात्र वारेन्टी पाइन्थ्यो । कम्पनीले ल्यापटमा दुई वर्षको वारेन्ट उपलब्ध Lenovo-Laptopगराउन एप्रिल महिनादेखि सुरु गरेको हो । कमर्शियल सेरिजका प्रोडक्टमा भने कम्पनीले यसअघि देखि नै तीन वर्षको वारेन्टी दिँदै आएको छ ।

साना तथा मझौला उद्यमी र उपभोक्तालाई लक्षित गर्दै यस्तो अफर ल्याएको कम्पनीले जनाएको छ । दुई वर्षे वारेन्टी लेनोभोको अर्जिनल ल्यापटपमा मात्र लागू हुने बताइएको छ । ग्राहकले मेगाटेकको बिल देखाएपछि यस्तो सुविधा पाउने छन् ।

दुई वर्षे वारेन्टी प्राप्त गर्नका लागि मेगाटेक ग्रुपको होलोग्राम टाँसिएको हुनुपर्ने छ । कम्पनीले अर्जिनल लेनोभो ल्यापटप खरिद गर्न चाहाने उपभोक्तालाई मेगाटेकको होलोग्राम हेरेर मात्र खरिद गर्न आग्रह गरेको छ ।

दुई वर्षे वारेन्टी ल्यापटपको ब्याट्री र एडप्टरमा भने लागू नहुने कम्पनीले बताएको छ । ब्याट्री र एडप्टरमा एक वर्षको मात्र वारेन्टी पाइने छ ।

लेनोभो विश्वकै सबैभन्दा ठूलो कम्प्यूटर, ल्यापटप, सर्भर तथा मोबाइल फोन उत्पादक कम्पनी हो । नेपालको इलेक्ट्रोनिक्स बजारमा लेनोभो दोस्रो ठूलो ब्रान्ड भएको कम्पनीको दाबी छ ।

‘यो अफरले हाम्रा उपभोक्तामा लेनोभोप्रतिको विश्वसनियता बढाउने छ, साथै प्रयोगकर्तालाई थप सुविधा उपलब्ध हुनेछ भन्ने हाम्रो विश्वास छ’ मेगाटेक ग्रुपका शैलेस लोहानीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment