Comments Add Comment

सौगातको चलचित्र जापानको ‘फिल्म फेस्टिबल’

saugat bista
विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशनमा बनेको चलचित्र ‘लभ यू बाबा’ जापानको एक फिल्म फेस्टिबलमा प्रदर्शन हुने भएको छ ।
अगष्टको दोश्रो साता आयोजना हुने फेस्टिबलमा सहभागी हुन सौगात आमा संझना पोखरेलको साथमा जापान जाने निर्माता तथा कलाकार गजित बिष्टले जानकारी दिएका छन् ।

अगष्ट १६ र २० तारिखमा यो चलचित्र प्रदर्शन गरिनेछ । अगष्ट १५ देखि सुरु हुने फेस्टिबलमा नेपालको साथै जापान, साउथ कोरिया, चीन, सिंगापुर, थाइल्याण्ड, बेल्जियमका १७ वटा चलचित्र प्रदर्शन गरिनेछ । यो फेस्टिबलमा करिब १० हजारले सहभागीता जनाउने अपेक्षा गरिएको छ ।

अहिले नेपाली चलचित्र विश्वका विभिन्न देशमा आयोजना हुने फेस्टिबलमा सहभागी भैरहेका छन् । नेपालमा औषत व्यापार गरेको ‘लभ यू बाबा’ हङकङमा प्रदर्शन भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment