Comments Add Comment

दुनियाकै भयंकर रक्तदाता, आफ्नो जिउ काटेर मानिसहरुलाई रगत चुसाउने

Blood
२८ वर्षकी ब्लट क्याट्चेन र उनका ब्वायफ्रेण्ड ४३ वर्षका माइकल व्याचमाइल हेर्दा सामान्य देखिन्छन् । तर यिनीहरुको जिवनशैली असामान्य तथा डरलाग्दो छ । माइकल एक भेम्पाएर हुन् । भेम्पाएर अर्थात् मानिसको रगत पिउने जिव ।

अमेरिकामा माइकल जस्ता केही अरु मानिसहरु पनि छन् जसलाई मानिसको रगत मीठो लाग्छ । वास्तवमा यो एउटा मनोरोग हो । उनीहरुले यथार्थमा तनतनी धेरै रगत पिउने होइनन् की थोरै टेष्ट लिन्छन् । रगतको स्वाद चाखेपछि उनीहरुलाई छुट्टै ताजापनको अनुभुति हुन्छ ।

ब्लट क्याटचेनका अनुसार उनका ब्वायफ्रेण्ड माइकलले उनको रगत पिउने गर्छन् र ब्वायफ्रेण्डलाई आफ्नो रगत चुस्न उनले दिने गरेकी छिन् । उनको पिठ्युँ तथा पेट लगायत सरीरका विभिन्न ठाउँमा ब्लेडले काटेका कैयन् दागहरु हुन् । यसरी ब्लेडले काटेका ठाउँबाटै रगत तान्ने सक्सन कपले रगत तानेर माइकलले चुस्ने गर्छन् ।

Blood1

ब्लटका अनुसार ब्वायफ्रेण्डलाई रगत चुसाउने यो प्रक्रिया निकै सुरक्षित छ । सफा ब्लेडले जिउमा एक इन्च जति लामो घाउ बनाएपछि त्यसमा सक्सन कप राख्ने र रगत तान्ने गरिन्छ । गर्लफ्रेण्डको त्यसरी निकालिएको रगत चुस्ता आफुलाई फरक तरिकाको उर्जा मिल्ने माइकल बताउँछन् ।

ब्वायफ्रेण्ड माइकल मात्र होइन ब्लटको रगत चुस्ने अरु धेरै ग्राहकहरु पनि छन् । अमेरिकाको लुसियानाकी बासिन्दा ब्लटले भेम्पाएर चरित्रका विभिन्न महिला तथा पुरुषलाई आफ्नो रगत चुसाउने गरेकी छिन् । पेसाले फूल व्यापारी ब्लटले पछिल्लो १० वर्षयता विभिन्न ठाउँमा गएर धेरै मानिसलाई आफ्नो रगत चुसाइसकेको बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment