Comments Add Comment

यी हुन् दुनियाका सबैभन्दा भाग्यमानी, मृत्युलाई जित्नेको कसरी चम्कियो भाग्य ?

petter

भाग्य भएपछि चाल्नुमा दुध दुहुँदा पनि अडिन्छ, तालुमा आलु फल्छ भनिन्छ । सायद कोही कोही भाग्यमानीको जिवनमा यस्ता उखान चरितार्थ हुन्छन् पनि ।

दुनियामा कोही मानिस यस्ता भाग्यमानी हुन्छन् जो आफ्नो जिवनमा घटेको एकै घटनाबाट मालामाल हुन्छन् र पूरै जिवन बदलिन्छ ।

क्यानडाका एक व्यक्ति सायद दुनियाका सबैभन्दा लक्की मानिस हुन् भन्दा फरक नपर्ला । पिटर मेक्याथी नामका ती पुरुषको जिवनमा एउटा होइन २ वटा यस्ता घटना घटे जसले उनको भाग्य बदलिदियो र उनी दुनियाकै भाग्यमानी मानिसमा दरिए ।

उनले हालै मात्र १० लाख डलर अर्थात् १० करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । तर चिठ्ठा जित्ने मुहुर्त सम्म आइपुग्नका लागि उनले आफुलाई मृत्युको मुखबाट उम्काउनुपरेको थियो ।

मेक्याथीको भाग्यका विषयमा युनिभर्सिटी अफ म्यांकटनमा गणित विषयका प्राध्यापक सोफी लिगर भन्छन् की कुनैपनि जिवित मानिसको जिवनमा यस्तो अनौठो घटनाहरु लगातार हुनु सायद असम्भव नै हुन्छ, तर मेक्याथीको हकमा त्यो भैरहेको छ । आखिर मेक्याथीको भाग्य बदल्ने संयोग के के हुन् त ?

मृत्युमाथि विजय  
क्यानडाको टेलिभिजन नेटवर्क सिटिभीका अनुसार मेक्याथी एक दिन डुंगा यात्रामा जाँदै थिए । त्यसबेला उनको उमेर १४ वर्षको थियो । डुंगालाई नदी किनारामा ल्याएर रुखमा बाँध्ने प्रयास गर्दै थिए उनले । घाम लागिरहेको थियो र उनको टाउकै माथिको आकाशमा भने कालो बादल थियो । त्यहीँ बेला अकस्मात विजुली चम्कियो र चट्याङ पर्यो । रुखमा बजि्रएको चट्याङ मेक्याथीमाथि पनि पर्यो । तर संयोग उनलाई केही भएन, उनी बाँचे अर्थात् मृत्युलाई जिते ।

करोडौँको चिठ्ठा
मेक्याथीले पछिल्लो समय क्यानडाको नोभा स्कटियास्थित एमहस्र्ट काउन्टी स्टोरबाट एउटा भाग्य चिठ्ठा किनेका थिए । अझ रोचक कुरा त के भने उक्त पसलका मालिक मेक्याथी आफै हुन् । उनले लट्रीको त्यो टिकट आफ्नी सहयोगी डायना मिलरसँग मिलेर खरीद गरेका थिए । भाग्य चम्किन बेर लागेन । त्यो चिठ्ठा साँच्चीकै लक्की ठहरियो र उनीहरुलाई १० लाख डलर पुरस्कार प्राप्त भयो ।

चट्याङ लागेर पनि बाँचेका व्यक्ति अर्थात् मृत्युलाई जितेका व्यक्तिलाई करोडौँको चिठ्ठा पर्नुलाई दुर्लभ घटना मानिएको छ । दुनियामा चट्याङमा बाँचेको मानिसलाई चिठ्ठा पर्ने सम्भावना अर्बौमा एक घटना रहेको बताइन्छ ।

गणितज्ञहरुले मेक्याथीको त्यो भाग्यका विषयमा सम्भाव्यता सिद्धान्तबाट विभिन्न खाले अड्कलबाजी समेत गरेका छन् । उनीहरुका अनुसार मेक्याथी यदि अमेरिकामा भएको भए उनी फिल्मको हिरो बन्ने सम्भावना १५ लाख १ हुन्थ्यो भने सार्क माछाले आक्रमण गर्ने सम्भावना १ करोड १५ लाखमा १ हुन्थ्यो ।

छोरीपनि मृत्युजित
मेक्याथी मात्र होइन उनकी छोरीले पनि मृत्युलाई जितेकी छिन् । यो घटना एक वर्ष पहिलेको हो । र, त्यसबेला चट्याङ भोग्नेमा मेक्याथी होइन की उनकी छोरी परिन् । तर उनकी छोरीमाथि चट्याङ पर्दा समेत उनी आफ्ना बुवाजस्तै सकुशल बाँच्न सफल भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment